कोहलपुर /कोहलपुर नगरपालिका भित्रका विभिन्न वडाका ४ जनामा आरडिटी पोजेटिभ भेटिएको छ । कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्ली पोख्रेलका अनुसार कोहलपुर वडा न १ का २ जना,वडा नं २ का १ जना र वडा नं ३ का १ जनामा पोजेटिभ देखिएको हो ।
उनिहरुको स्वाव संकलन गर्ने तयारी भई रहेको पोख्रेलले जानकारी दिए ।
बुधवार कोहलपुर ११ को बागेश्वरी क्याम्पसको क्वोन्टाईनमा बसेका २ जनाको पनि आरडिटी पोजेटिभ देखिएको थियो । उनिहरु २ लगायत संगै बसेका अन्य १० जनाको स्वाव संकलन गरि परिक्षणका लागि पठाईएको उनले जानकारी दिए ।
क्वारेन्टाईन बाट डिस्चार्ज हुने दिन फेरी परिर्वतन
सरकारले यस अघि १० दिन क्वारेन्टाईनमा वसेकाको आरडिटी गर्ने र पोजेटिभ देखिएकाको पिसीआर गर्ने परिपत्र गर्यो ।तर, त्यसको २४ घन्टा नबित्दै फेरी सरकारले निर्णय परिर्वतन गरेको छ । सरकारले अव १४ दिन क्वारेन्टाईनमा वसेका लाई मात्रै आरडिटि गर्ने निर्णय सहितको परिपत्र पठाएको छ ।
जसले गर्दा शुक्रवार १० दिन क्वारेन्टाईनमा बसेका ८० जनाको आरडिटि परिक्षण गरियो । आरडिटि परिक्षण पछि शुक्रवार परिवर्तित परिपत्र नआउदै पोजेटिभ देखिएका बाहेक ७६ जनालाई घर पठाईएको छ । नगर स्वाथ्य शाखाका प्रमुख पोख्रेलले १ दिन अघिको परिपत्र परिर्वतन हँदा समस्या पैदा भएको बताए । उनले परिर्वति परिपत्र पछि राम माबि हवल्दारपुरमा १० दिन पुगेकाहरुको गर्न लागिएको आरडिटी परिक्षण रोकिएको बताए ।
उनले १० दिन क्वारेन्टाईनमा वसेर घर जानेहरुलाई ७ दिन होम क्वारेन्टाईनमा राख्न भनिएको बताए ।