२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
ग्रावेल नपाउँदा हुलाकी सडक आयोजना समस्यामा

अमानतमा नदिजन्य पदार्थ उत्खन्न् गर्न अख्तियारले रोक्यो



कोहलपुर/ राप्ती सोनारी गाँउपालिकाले नदी जन्य पदार्थ नदिँदा राष्ट्रिय गौरवको हुलाकी सडक आयोजनालाई निर्माण सामाग्रीको अभाव भएको छ । राप्ती सोनारी गाउँपालिकाको नारायणपुर धामपुर हुँदै बिनौना जोड्ने सडकका लागि निर्माण सामाग्री अभाव भएको हो । आयोजनाको निर्माण कार्य सम्पन्न गर्न करिव ७० हजार घन मिटर ग्रावेल आवश्यक पर्छ ।
अन्य काम जसोतसो भई रहेपनि माटो पटान गरेको स्थानमा ग्रावेल हाल्ने काम गर्न नपाउँदा स्थानीय बासिन्दाले ठुलो सास्ती खेप्नु पर्ने अवस्था सृजना भएको राप्ती सोनारी ४ का हरि प्रसाद चौधरीले बनाए ।

बर्षाको समय सुरु हुन लागि सक्यो गाउँपालिकाले ग्राबेल निकाल्न अनुमति नदिएकाले काममा बाधा भएको ठेकेदार कम्पनीले बताउँने गरेको स्थानीय चौधरीले बताए ।
राप्तीसोनारी गाउँपालिकाले जदिजन्य पदार्थ उत्खन्नका लागि टेण्डर लगाउन नसक्नु र अन्य बिकल्पहरु समेत नदिँदा निर्माण सामाग्री अभाव भएको एपेक्स कंकाली खड्का कृष्ण जेभीका सञ्चालक जय केसीले नयाँकोर्सलाई जानकारी दिए ।

सञ्चालक केसीले २१ किलोमिटर सडक निर्माणका लागि अधिकाँस स्थानमा माटोे पटानको काम सकिएको जानकारी दिँदै ग्राबेलको अभाव रहेको बताए । सञ्चालक केसीले निर्माण सामाग्री अभाव रहेको बारे राप्तीसोनारी गाउँ पालिका,हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय नेपालगञ्ज र जिल्ला प्रशासन कार्यालय बाँकेलाई ४ महिना अघि पत्र मार्फत जानकारी गराएको भएपनि कुनै पहल नभएको बताए ।

उनले माटो पटान गरेको स्थानमा वर्षा अघि नै ग्रावेल हाल्न नसके स्थानीय बासिन्दाले निकै सास्ती खेप्नु पर्ने बताए । २१ किलोमिटर सडक ३ बर्ष भित्र सक्ने गरि ६ महिना अघि एपेक्स कंकाली खड्का कृष्ण जेभिले ठेक्का सम्झौता गरेको थियो ।
सञ्चालक केसीले सडक निर्माणका क्रममा केहि रुखहरु काटान गनुपर्ने भएपनि कटानको काम हुन नसक्दा बाटो निर्माण केही ढिलाई हुने अंसका पैदा भएको समेत दाबि गरे ।
निर्माण सामाग्रीको समयमै उपलब्धता भएमा र बाटो निर्माणका लागि कटान गनुपर्ने रुखहरु समयमै कटिएमा निर्माण अवधिको एक बर्ष अगावै काम सक्ने लक्ष्य रहेको केसीको भनाई छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजका ईन्जिनियर राम सागर हरिजनले बातावरणीय प्रभाव मुल्याङकनको काम भई रहेकाले रुख काट्ने कामममा ढिलाई भएको जानकारी दिए ।

ईन्जिनियर हरिजनले पालिका संग आयोजनाले समन्वय गरि रहेको बताउदै अख्तियारले रोकेको बारे आफुहरु लाई जानकारी नभएको नयाँकार्सलाई बताए ।
राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले पटक पटक लगाईएको टेण्डर रद्ध भएको र अमानतमा दिने प्रक्रिया अख्तिायरले रोकेको हुनाले ग्रावेल लगायत निर्माण सामाग्री दिन नसकिएको नयाँकार्सलाई बताए । उनले अख्तियारले रसिद काट्न रोकेकाले यस आर्थिक बर्षमा आर्थिक वर्ष दिन नसकिने समेत प्रष्ट पारे ।

अख्यिारले रोक्यो पालिकालाई रसिद काट्नबाट

राप्ती सोनारी गाँउपालिकाले यस बर्ष १५ करोड राजश्व गुमाउने भएको छ । पटक पटक को टेण्डर सदर हुन नसकेपछि अमानतमा नदि जन्य पदार्थ उत्खनन गर्ने तयारी गरेपनि अख्तियारले अमानतामा दिने कार्य रोक्न आदेश दिएपछि यस बर्ष पालिकाले १५ करोड राजस्व गुमाउने भएको हो । अघिल्लो अर्थिक बर्षमा राप्ती सोनारीका ५ ओटा खोला नालबाट १५ करोडको हाराहारीमा राजश्व उठेको थियो ।

यस आर्थिक बर्षमा ३ पटक टेण्डर लगाउन सूचना आवहान गरेको भएपनि टेण्डर लगाउन नसकिएको गाँउपालिकाका अध्यक्ष लाहुराम थारुले बताए । उनले यस आर्थिक बर्षमा नदिजन्य पदार्थ उत्खनन्को काम नहुने समेत जानकारी दिए ।

पटक पटक टेण्डर निकाल्दा समेत ठेक्का लाग्न सकेन , अख्तियारले समेत रोक्यो अव हामिले के गर्ने अध्यक्ष थारुले भने ।

Nabintech