११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अभिभावक विहिन कोहलपुरका व्यवसायीहरु


कोहलपुर/  लकडाउनका कारण व्यवसायी मर्कामा परेको भन्दै देश भर उद्योगी व्यवसायीहरु बिभिन्न खाले अन्दोलनमा छन् । तर, कोहलपुर उद्योग बाणिज्य संघ भने निद्रामै रहेको भन्दै उद्योगी व्यवसयीले व्यवसायीका हितका लागि पहल गर्न भन्दै बाणिज्य संघलाई ध्यानाकषण पत्र बुझाउनु पर्ने अवस्था सृजना भएको छ ।  सोही अनुरुप प्रजातान्त्रीक उद्योगी व्यवसायी संघ कोहलपुर बाँकेले व्यावसायिक हितका लागि पहल गरिदिन आग्रह गदै ध्यानाकर्षण पत्र बुझाएको हो ।

संघका कोहलपुर संयोजक मात्रृका सापकोटा र संघका जिल्ला सह सचिव लक्ष्मण राज पौडेलद्धारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा व्यवसाय कर छुट , लक डाउन अवधिको बैंक व्याज मिनाहा,लक डाउन अवधिको कारोवारे म्याद थप लगायतका माग पुरा गराउन पहल गर्न कोहलपुर उद्योग बाणिज्य संघको ध्यानाकर्षण गराउदछौ भनिएको छ ।  ध्यानाकर्षण पत्रमा व्यवसायीको छाता संस्था कोहलपुर उद्योग बाणिज्य संघ आम व्यवसायीका माग प्रति सम्बेदनशिल र गम्भिर बन्न जोडदार माग गरिएको छ ।  ध्यानाकषण पत्रका घर बहाल कर छुट , व्यावासायिक सटरहरुको भाडा सम्वन्धमा पनि पहल गनु पर्ने माग छ ।

उता १ दर्जन बिषयगत सघ संगठनहरुले पनि व्यवसायिक हितको माग सहित कोहलपुर नगरपालिका मार्फन नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन । लक डाउन अवधिको घर भाडा मिनाहा, बैंकको व्याज र किस्ता मिनाहा,कर छुट लगायतको माग सहित कोहलपुर नगरपालिकालाई ज्ञापन पत्र बुझाएका हुन ।
उनिहरुले कर भुक्तानिको अवधि ३ महिना थाप गनुपर्ने माग गरेका छन ।

 

कोहलपुर उद्योग बाणिज्य संघका पूर्व महासचिव बिष्णु खनालको नेतृत्वमा घरेलु तथा साना उद्योग महासघ, होटल व्यावसायी संघ कोहलपुर,अटो एसोसिएसन बाँके कोहलपुर,जुता चप्पल व्यावसायि संघ, कपडा व्यवसायी संघ,घर वाहाल उपभोक्ता मञ्च, बाँके सुन चाँदी तथा गहना व्यावासयी संघ, ईलेक्ट्रोनिक्स तथा मोवाईल बितरक संघ , बिजुली व्यवसायी संघ,हार्डवयर व्यवसायी संघ , व्यवसायीक किसान सञ्जाल र मध्य पश्चिम सुन चादी व्यवसयी संघ लगायतले कोहलपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएका हुन ।

व्यवसायीको हितमा कोहलपुर उद्योग व्यापार संघले पहल लिन नसकेकाले आफुहरु स्वःस्फुर्त रुपमा संगठित भएर कोहलपुर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको संघका पुर्व महासचिव खनालले जानकारी दिए । उनले व्यवसायीका माग हरु पुरा नभए चरणबद्ध आन्दोलन थालिने समेत चेतावनि दिए ।

Nabintech