७ माघ २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
क्वारेन्टाईको ब्यबस्था प्रति क्वारेन्टाईनमा बस्ने ब्यक्तिहरु खुशि


कोहलपुर/ कोहलपुर नगरपालिका वडा नं १४ को राम मा. बि.मा रहेको क्वारेन्टाईनमा बस्दै आएका ब्यक्तिहरु क्वारेन्टाईन ब्यबस्थित रहेके बताउदै आएका छन । वडा कार्यालय र वडा अध्यक्ष टेकचन हरिजनको सक्रियतामा क्वारेन्टाईमा बस्ने ब्यक्तिहरुको खाना,बस्न र खाजामा कुनै कमि कमजोरी नरहेको बताएका छन ।

क्वारेन्टाईनमा बस्ने ब्यक्तिहरु भारत र नेपालका बिभिन्न जिल्लाबाट आएकाका छन । बुधबार मात्र राम मा.बि.मा रहेका १० जनाको आरडिटी परिक्षण गरि घर पठाईएको छ भने अहिले ३७ जना ब्यक्तिहरु क्वारेन्टाईनमा रहेका छन ।

वडा अध्यक्ष हरिजन क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुको अबस्था र उनीहरुका समस्या सुन्नका लागि प्रत्येक दिन क्वारेन्टाईनमा आउने गरेको क्वारेन्टाईनमा बस्ने ब्यक्तिहरुले बताएका छन । बाँकेमा पछिल्लो समय क्वारेन्टाईनमा बिभिन्न समस्याहरु रहेका छन । उनीहरु बस्दै आएको क्वारेन्टाईनमा सबै ब्यबस्था राम्रो भएता पनि शौचालय, र धारा सबै एउटै रहेको छ । क्वारेन्टाईनमा बस्ने ब्यक्तिहरुको खाद्यन्न लागएत अन्य ब्यबस्थापन वाडा कार्यालयले नै गर्दै आएको छ ।

Nabintech