३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
भारतीय रक्षा सचिव अजयकुमारलाई कोरोना, भारतमा एकदिनमा थपिए झण्डै १० हजार संक्रमित


एजेन्सी/  भारतमा पछिल्लो २४ घन्टामा झण्डै १० हजारमा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ६ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

२४ घन्टामा २ सय ५९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । ज्यान गुमाउनेको संख्या भारतमा ६ हजार ८८ पुगेको छ । संक्रमितको संख्या २ लाख १६ हजार ९ सय १९ पुगेको छ ।

यसैबीच रक्षा सचिव अजयकुमार पनि कोरोना भाइरसको संक्रमण भएको छ । सचिवलाई कोरोना भएपछि भारतीय रक्षा मन्त्री राजनाथ सिंह कार्यालय गएका छैनन् ।

अहिले वृहत कन्ट्याक्ट ट्रेसिङ थालिएको छ । साउथ ब्लकस्थित कार्यालय डिसइन्फेक्सन गर्ने काम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

रक्षामन्त्री सिंहको पनि कोरोना परीक्षणको तयारी गरिएको छ । अजयकुमार कोरोना संक्रमण हुने उच्च ओहोदाका पहिलो भारतीय कर्मचारी हुन्।

लकडाउन खुकुलो बनाउन थालेसँगै भारतमा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

Nabintech