४ माघ २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
लकडाउनको स्वरुप परिर्वतनगर्नेबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौं/ चैत ११ गतेदेखि जारी लकडाउनको स्वरुप परिवतर्न गर्ने बिषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बोलाईएको बैठकमा लकडाउनको स्वरुप केही परिवर्तन गर्ने बारे निर्णय हुन सक्ने बुझिएको छ।

लकडाउनको ७३ औं दिनसम्म आइसक्दा जनजीवन प्रभावित भएको र आर्थिक गतिविधि ठप्प रहेको भन्दै लकडाउन खुकुलो बनाउनुपर्ने माग व्यवसायीहरुले पनि गरिरहेका छन् ।

लकडाउनको मोडालिटीमा कसरी परिर्वतन ल्याउन सकिन्छ भन्ने वारे प्रधानमन्त्रीले हिजो विज्ञहरुसँग पनि छलफल गर्नुभएको थियो । विज्ञहरुको सुझाबका आधारमा आजको मन्त्रिपरिषदको बैठकले केही ठोस निर्णय लिन सक्ने बुझिएको छ ।

Nabintech