१० श्रावण २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
चौरजहारी सोती घटना के जातीयताको रंगभेद हो त ……?


सोती घटनाको अहिले देशभरि नै चर्चा परिचर्चा चलिरहेको छ । यो घटना जातीयताको आधारमा घटाईयो भन्ने पनि आरोप प्रत्यारोप छ।तर, यथार्त के हो कसरी घट्यो घटना भन्ने तिर पनि हामीहरुले एक पटक गहण अध्यन अनुसन्धान गर्नै पर्ने हुन्छ।नबराज बि क र सुस्मा मल्ल बीचको प्रेम समन्धलाई पुर्णता दिन बिहे गर्न कै लागि र केटी भगाउन गएको भन्ने हल्ला बजारमा व्यापक छ।यसलाई आम मानिसले बुझ्ने आ–आफ्नै बिचार धारणाहरु छन।यसै सन्दर्भमा मेरा पनि केही ब्यक्तिगत धारणा राख्ने जमर्को गरेको छु।

सबभन्दा पहिले नबराज बिक र सुस्मा मल्ल बीच प्रेम समन्ध कायम थियो या थिएन भन्ने कुरा बुझ्न जरुरी छ यदि प्रेम समन्ध कायम थियो भने त्यसरी हुल लिएर नबराज सुस्माको गाउँ जान आवश्यक थिएन।किनकि यदि दुबै जना राजी भए रातीको समय या अन्य कुनै समय मिलाएर गएर ल्याउन सक्थे । त्यसरी दिन दहाडै लकडाउनको समयमा जान आबश्यक थिएन।

जब नबराज को ग्रुप लकडाउनलाई बेवास्ता गर्दै दिनदहाडै गए समस्या त्यही नेर भएको जस्तो लाग्छ । किन कि केटीको परिवार भनौ आमा बुवासंग पहिले पनि सोती गाउमै केही लफडा परेर चौकीमा समेत जाहेरी भई घटना भएको बुझिन्छ।यदि नबराज र सुस्माको प्रेम समन्ध हुदाहुदै भगाएर लिई सकेपछि केटी पक्षको मान्छेहरुले नबराजको घरमै गई या अन्य ठाउमा खोजी खोजी मारेको भए यसलाई जातकै आधारमा मारिएको भन्न कुनै कठिनाई हुने थिएन।तर, घटना शंकास्पद छ।प्रेम समन्ध थियो र बिहे नै गर्ने मनसायले गएको भए पनि उनीहरु त्यसरी हुल बाधेर दिउँसै दादागिरी जस्तै गरेर जाने तरिका प्रति सहमत हुन सकिँदैन।जात नै मिले पनि केटी पक्षका मान्छेको असहमती बिना दिनदहाडै त्यसरी जाँदा घटनाले पम्कै पनि अर्कै रुप लिन्थ्यो।

अहिले जातकै आधारमा मारियो भनेर यो घटनालाई धेरै उचाल्न जरुरी जस्तो लाग्दैन।किनकि सो गाउँमा धेरै अन्तरजातीय बिबाह पनि भएका धेरै उदाहरण छन। यसको अर्थ यो नलागोस कि हत्यारालाई नै छुट दिनुपर्छ भन्ने मान्यतता कदापी होईन।सत्यतथ्य छानबिन गरि हत्यारालाई हदैसम्मको कार्बाही हुनुपर्छ।अर्को एउटा शंका पैदा पनि भएको छ । केटीको अनेत्रै प्रेम बसेर नबराजलाई आफ्नो जिन्दगीबाट टाढा बनाएर घरजम गर्ने।यो कुरा नबराजले बुझेर घरबाटै थुथेर भए पनि जबरजस्ती सुस्मालाई आफ्नो बनाउने भनी धेरै साथी लिएर गएको हुनुपर्छ।किनकि उनी सुस्मा बिनाको जिबन कल्पना गर्न पनि सक्दैनथे । उच्च स्तरीय समिति बनाई यसको सत्यतथ्य छानबिन गरि दोषीलाई कार्बाही गर्नुपर्छ।यो बिषयलाई जातीयता,राजनिति र कसैको ब्यक्तिगत आचरण माथि प्रहार गरि फाईदा लिने तत्वहरु देखि साबधान बनौ सजक बनौ ।

लेखक नेकपा राप्तीसोनारी गाउँपालिका कमिटीका सदस्य हुन । यो उनको निजी बिचार हो ।

Nabintech