९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर ११ को क्वारेन्टाइनमा खाद्यान्न सामाग्री सहयोग


कोहलपुर/ कोहलपुर ११ को बागेश्वरी बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा खाद्यान्न हस्तान्तरण गरिएको छ । ध्रुव विल्डीङ्ग एण्ड कन्ट्रक्सन प्रा.ली.का सञ्चालक ध्रुव सिजापती मगरले बिहिवार कोहलपुर नगरपालिका वडा नं ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा र कार्यपालिका सदस्य कल्पना अधिकारीलाई सो खाद्य सामाग्री हस्तान्तरण गरेका हुन ।

ध्रुव विल्डीङ्ग एण्ड कन्ट्रक्सन प्रा.ली.ले १०० किलो चामल, एक पेटी अण्डा, १० किलो चिनी,७० ओटा नुहाउने साबुन, ७० ओटा सरफ,५ किलो चना,५ किलो चिउँरा र १४ दर्जन खास्ता सहयोग गरेको छ । सो खाद्यान्न सामाग्री बुझ्दै वडा अध्यक्ष थापाले क्वारेन्टाइनमा बसेकाहरुका लागि सहयोग गरेकोमा धन्यवाद दिएका थिए । अहिले कोहलपुर ११ को बागेश्वरी बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा ५१ जना वसिरहेका छन् । उनिहरु सवै भारतमा रोजगारी गुमाएर  सिमा नाका जमुनाहबाट भित्रिएका थिए ।

ध्रुव विल्डीङ्ग एण्ड कन्ट्रक्सन प्रा.ली.ले यस अघि पनि वडा नं ११ मा करिव ४४ हजार वरावरको खाद्यान्न सहयोग गरेको थियो। उक्त खाद्यान्न सामाग्री कोहलपुर ११ को वडा कार्यालयले शान्तिनगरका ४१ घर परिवारलाई राहात वितरण गरेको वडा अध्यक्ष थापाले बताए ।

Nabintech