१५ मंसिर २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर २ का स्थानीयहरु बाटो बनाउँन जुटे


कोहलपुर/ कोहलपुर २ का स्थानीयहरु आफ्नै साधन स्रोतमा सड्क बाटोको स्तर उन्नतीमा जुटेका छन् । कोहलपुर २ को दुर्गा मन्दिरको छेउबाट सालको रुख सम्मको करिव ३ सय ९० मिटर बाटो फराकिलो बनाउने अभियान सुरु गरेका अभियन्ता स्थानिय कमल शाहिले जानकारी दिए ।

नेपाल बिद्याथि संघका नेता समेत रहेका शाहिले आफुले बाटो फराकीलो बनाउन निशुल्क जेसिभि प्रयोग गर्न दिएको नयाँकोर्स लाई जानकारी दिए ।
जेसिभि मार्फत नालि खन्ने कार्य सकिएपछि जनसहमागितामा ग्राबेल गर्ने लगायतका काम गर्ने स्थानिय बासिन्दाहरुले बताएका छन । पटक पटक वाटो चाक्लो बनाउदा स्थानियले बनाएका संरचनामा समेत नोक्सानि पुग्ने भएकाले एक पटक १२ मिटर चौडा बनाईएको स्थानियको भनाई छ ।

सरकारी स्तरबाट बजेट नपाए पछि स्थानीयहरु आफै सड्क बाटो निर्माणमा जुटेको बताएका छन् । बाटो बनाउने विषयमा स्थानीयहरु स्वतस्फुर्त आएकाले विवाद रहित तरिकाले काम सुरु गरेको शाहीले बताए । बाटो १२ मिटर फराकिलो बनाउँदा प्राय स्थानीयले जोतभोग गरेको जग्गा काटिदाँ पनि खुशिका साथ स्थानीयहरु बाटो निर्माणमा जुटेका छन् ।

Nabintech