१५ मंसिर २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बिकास निर्माणका योजनाको साँसद उषाद्धारा अनुगमण


कोहलपुर / ५ नं प्रदेश सांसद एवं नेकपा संसदीय दलकी सचेतक पार्वती पुन (उषा)ले बिभिन्न बिकास निमार्णका योजनाको अनुगमन थाल्नु भएको छ । उहाले आफ्नो पहलमा ल्याईएका बिकास निमार्णका योजनाहरुको बुधबार देखि अनुगमन थाल्नु भएको हो ।

प्रदेश सांसद उषाले बुधबार कोहलपुर नगरपालिका वडा नं १४ को बैजनाथ सामुदायिक बनको पार्क निमार्ण योजना अनुगमन गर्नुका साथै वडा नं १४ को श्री सृजना बाल प्रा.बि.को पर्खाल निमार्ण योजनाको अनुगमन गर्नु भएको हो ।

५ नं प्रदेशको बिभिन्न मन्त्रालय बाट सांसद उषाको पहलमा कोहलपुर नगरपालिका,खजुरा गाउपालिका,डुडुवा गाउपालिका,राप्तीसोनारी गाउपालिकामा पार्क,निमार्ण बिद्यालय पर्खाल निमार्ण सडक र एम्वुलेन्स संचालन जस्ता कार्यक्रमहरुको योजना परेको थियो ।

आज कोहलपुर देखि सुरु भएको अनुगमन क्रमिक रुपमा योजना परेका सबै गाउपालिकाह्रुमा पुगी योजनाको अनुगमन गर्ने सांसद उषाले नया कोर्सलाई जानकारी गराउनु भयो ।

यस्तै बाके क्षेत्र नं १ का स्थानिय पुर्वाधार बिकास साझेदारी कार्यक्रम ( सांसद कोष ) अन्तर्गतका बिभिन्न गाउपालिकाका योजनाहरुको पनि अनुगमन आज बाट सुरु गरिएको छ । योजना कार्यान्वयनको अन्तिम समयमा के कति योजनाहरु कार्यान्वयन भएकाछन सो को अनुगमन गरि सोही अनुसार आगामी योजना बनाउने तयारी रहेको बाके क्षेत्र नं १ का संघिय सांसद महेश्वर गहतराज अथक का कार्यालय सचिव एवं स्थानिय पुर्वाधार बिकास कार्यक्रम का प्रतिनिधि शिबकुमार सुनारले जानकारी गराउनु भयो ।

कार्यालय सचिव शिबकुमार सुनारले यस भन्दा पहिले पनि पटक पटक अनुगमन गरिसकेको र करिव सबै योजनाहरु कार्यान्वयनको चरणमा रहेको बताउनु भयो । उहाले आज कोहलपुर १४ बबई खोले डाडाको सडक,कोहलपुर २ को दलित सांस्कृतिक संग्रहालय,कोहलपुर ५ प्रगतिनगरको पक्की नाली निमार्णको योजनाको अनुगमन गरेको जनाउनु भएको छ । निर्देशक समितिले स्थानिय पुर्वाधार बिकास साझेदारी कार्यक्रम ( सांसद कोष ) को योजनाहरुको रेखदेख र अनुगमन गर्ने जिम्मेवारी सांसदका प्रतिनिधी शिबकुमार सुनार लाई दिएकोछ ।

Nabintech