१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपाका नेता ढकालको पहलमा सिक्टाको मुल नहरमा पानी छोडिदै


कोहलपुर/ नेपाल कम्युनिष्ट पार्टी नेकपा क्षेत्रिय कमिटीका संयोजक सुर्य ढकालले सिक्टा सिचाइ आयोजना प्रमुख लोक वहादुर थापासँग भेट गरी मुल नहरमा नियमित पानी छोड्न माग गरेका छन् । बुधवार राष्ट्रिय गौरवको आयोजनाका प्रमुखसँगको भेटमा थापाले किसानहरुले धानको विउ राख्न र धान रोपाईमा सहज बनाउँन आजैबाट नियमिति पानी छोड्ने बताएको नेता ढकालले नयाँ कोर्सलाई बताए ।

मुल नहरको काम समपन्न भए पनि आयोजनाले नहरमा पानी नछोड्दा खेति गर्न र सिचाईबाट किसानहरु बञ्चित हुदाँ हजारौं विगाह जमिनको उब्जनिमा समस्या हुने भन्दै किसानहरुले गुनासो गरे पछि नेकपाका नेता ढकालले मुल नहरमा पानी छोड्न पहल गरेको बताए । आयोजनाले आजैबाट मुल नहरमा पानी छोड्ने भएपछि बाँकेका किसाहरु खुसि भएकाछन् ।

शाखा नहरको निर्माणको काम धमाधम भैई रहको र स्थानीयले सहयोग गरे यसै आर्थिक बर्षमा बाँकि काम सम्पन्न हुने सिक्टा सिचाइ आयोजना प्रमुख थापाले बताए । उनले भने बजेटको अभाव छैन–अहिले मुल नहरको ४५.२५ किलो मीटर भित्र पानी छोडने तयारी गरेकाछौं ।

नहर निर्माणमा अहिले सम्म १५ अर्व लागानी भई सकेको बताउँदै प्रमुख थापाले आयोजनाको लागत ढिला सुस्तीका कारण अहिले लागत बढेर २५ अर्व २ करोड पुगेको बताए । आठ बर्षमा निर्माणको काम सक्ने लक्ष्य सहित २०६४ सालमा नेपाल सरकारकै बजे बाट आयोजना कार्यान्यनको सुरुवात भएको १३ वर्ष वितिसकेको भए पनि विगतमा नहरमा पानी संचालन गर्दा धुलनशिल माटोको कारण माटो बग्ने, नहर लाइनिड भत्किने समस्याहरु देखा परेकाले तोकिएको समएमा काम सम्पन्न हुन नसकेको हो ।

कुल सिचाई ४२ हजार ७ सय ६६ हेक्टरमा सिचाई हुने सिक्टा नहरको पश्चिम तर्फ ३३ हजार ७ सय ६६ र पुर्व तर्फ ९ हजार हेक्टर जमिनमा हेक्टर सिचाई हुने छ । सिचाई क्षेत्र संरक्षण बाट जोखिममा परेका जमिन तथा वस्तीको संरक्षण भएको बताउँदै आयोजनाले राप्ती पुर्व पारी जाने बाध पुल बन्दा आगमनमा सहता भएको भएको छ । आयोजना सम्पनन पछि ४६ हजार ७ सय १५ घरधुरी र ४ लाख ४९ हजार ५ सय ८८ जनसख्या लाभान्वित हुने छन् ।

Nabintech