२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मनकारी हिराले गरिन हरिलाललाई सहयोग


कोहलपुर/ बाँकेको राप्तीसोनारी ९ बुचापुरका हरिलाल कुमाललाइ बुधबार सहयोग प्राप्त भएको छ । कुमाल लाई राप्तीसोनारी ९ ढकेरीकी हिरा थापाले कुमालकै घरमा पुगेर एक बोरा चामल , दाल, तेल , नुन ,तरकारी सरसफाइका सामाग्रीहरु हस्तान्तरण गरेकी हुन । केही दिन अघि नयाँकोर्ष अनलाइनमा कुमालको समाचार आएपछि आफुले समाचार पढेर थाहा पाएपछि करिब ३ हजार बराबरको सहयोग गरिएको उनले बताइन ।

सहयोग पछि प्रतिक्रिया दिदै थापाले सहयोग गर्नका लागि धन भन्दा मन ठुलो हुनुपर्ने बताइन यतिबेलाको समय भनेको मानवीय काम गर्ने समय हो , मैले धेरै ठुलो सहयोग त गरेकी छैन तर सानो भएपनी सहयोग गर्न पाएकोमा खुसी छु उनले भनिन । सहयोग पाएपछि हरिलाल कुमालले थापा धन्यवाद दिएका छ्न । थापा कोहलपुरमा रहेको रारा विजयी बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत छिन ।

 

Nabintech