११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा २ जनामा आरडिटी पोजेटिभ


कोहलपुर/ बाँकेको कोहलपुर स्थित बागेश्वरी बहुमुखी क्याम्पसमा आज ६३ जनाको आरडिटी विधी मार्फत चेकजाँच गरिएको छ ।
यहि जेष्ठ ८ र ९ गते भारतबाट आई क्वारेन्टाइनमा बसेका ६३ जनाको चेकजाँच गर्दा दुई जनामा पोजेटिभ आएको कोहलपुर नगर स्वास्थ्य शाखाका प्रमुख डिल्लिराज पोखरेलले जानकरी दिएका छन् ।

कोरोना भाईरसको संक्रमण भए नभएको थाहा पाउन पिसिआर विधिबाट चेकजाँच गर्नुपर्ने भएकाले आरडिटी विधिबाट गरिएको परिक्षणमा पोजेटिभ देखिएकालाई पिसिआर विधिबाट परिक्षण गरे पछिमात्र संक्रमित भए नभएको थाहा हुने उनले बताए ।

बागेश्वरी क्याम्पसमा रहेका २७ जना, वडा नम्बर १२ र १३ का ५ जना, वडा नम्बर १४ का १० जना, वडा नम्बर १० का ३ जना र वडा नम्बर ८ का १८ जनाको आरडिटी विधिबाट परिक्षण गरिएको कोहलपुर नगर पालिका कार्यपालिका सदस्य कल्पना अधिकारीले जनकारी दिईन ।  उनले कोहलपुर नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेका सबैको चेकजाँच छिटोभन्दा छिटो जाँचका लागि पहल भईरहेको बताईन ।

Nabintech