१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
चौरजहारी घटना र नेपाली समाज


विषय प्रवेश
जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं.४ का नवराज वि.क. र पश्चिम रुकुम चौरजहारी न.पा. वडा नं. ८ सोति की सुश्मा मल्ल विच भनिएको प्रेम सम्बन्धबाट सृजित चौरझारी घटनाले नेपाली समाजको यथार्ततालाई उजागर गरेको छ । उत्त घटनाले नेपालीको मानसपटलिय रुप र सार विचको अन्तर, नेपाली बौद्धिक जमात, अधिकार कर्मी, नागरिक समाज र मिडिया कर्मीहरु र नेपाली राजनैतिक दलका नेता कार्यकर्ता आदीको धरातलिय अवस्थालाई सार्वजनिक गरिदिएको छ । जुन विषय सामाजिक संजालमा व्यक्त भएका विचार, मिडियामा आएका दृष्टिकोणका साथै अन्य जनबोलीबाट सार्वजनिक भएका धारणाले नेपाली समाजको धरातलिय अवस्थालाई केही हदसम्म भएपनि पर्दा आगाडी ल्याउन मद्दत गरेको छ ।
गत जेठ १० गतेका दिन जाजरकोटबाट झण्डै २ दर्जन यूवाहरु वर्तमानको लकडावन अवस्थामा चौरझारी स्थित शोतिगाउँ सम्म के कति कारणबाट गए ? के कसरी घट्ना घट्यो ? घट्नाको मुख्य कारण जातिय विभेद नै थियो ?वा परिस्थितिको उपज थियो ? उत्त घट्नाको सत्यतथ्य विवरण नेपाल सरकारको मन्त्री स्तरिय निर्णयबाट बनेको छानविन समिति र प्रहरी अनुसन्धानवाट आउने हुँदा अहिले घटनाका सम्वन्धमा आ–आफनो तर्क अगाडि सार्नू अन्यायपूर्ण हुन्छ । राज्यका संयन्त्रप्रतिको अविस्वास हुनजान्छ । तथापि घटना सम्वन्धमा सबैले आ–आफ्ना दृष्टिकोण सार्बजनिक गरिरहेका छन । सवैभन्दा अचम्म लाग्ने विषय त नेपालको बौद्धिक जगत नै घटनाको वास्तिविकता सार्वजनिक नहुदै । सत्यतथ्य अगाडी नआउदै आफना अनुमान सार्वजनिक गर्नु दुखदपक्ष छ । यसले समाजमा थप शान्ति भंग गर्नसक्छ । वौद्धिक जगतको भूमिकामाप्रश्न उठन सक्दछ ।

अर्कातिर, अधिकार कर्मीहरुको नाममा यो घटनाले व्यापार बढ्ने निश्चित छ । नागरिक कर्मीहरुले घटनास्थलको यथार्तता र गहिराईमा नपुगि सामाजिक सञ्जाल तथा मिडियालाई आधार मानेर धारणा सार्बजनिक गर्दैछन । त्यस्तै कतिपय मिडिया कर्मी तथा यूट्ुवर समेतले कुनै पक्षलाई हाइलाइट गर्ने र पिडितको भावनामा खेलखेल्दै आफ्नो व्यवशाय बढाउने मनसायमा देखिन्छन । राजनैतिक दल तथा आवद्ध संघ संगठनहरुले यो राजनैतिक अवसरलाई छोडने कुरै भएन । किनकी यो घटना लाखौ दलितहरुको भावनासंग जोडिएको छ । तसर्थ, पनि सवैपक्षहरु समाजको रुपान्तरण भन्दापनि घट्नाबाट कथित नाफालिने सोच देखिनुले, विकृत सामाजिक चरित्रको अन्तिम अवस्थाको उजागर गरिरहेको छ । घटना सम्वेदनशिल ठाउँमा घटेको छ । आधुनिक नेपाली इतिहासमा सामाजिक साँस्कृतिक परिवर्तनको निम्ती सबैभन्दा अग्रणि भुमिका खेलेको जनयूद्धको उद्गम स्थल रुकुम । जहाँ तुलनात्मक रुपमा अन्य जिल्ला भन्दा जातीय विभेद कम भएको जिल्लाको रुपमा लिने गरिन्छ । विभिन्न मिडिया अनुसार सोतिगाउँमा समेत अन्तरजातीय विवाहका नमुना जोडि रहेको बुझिन्छ । कमजातिय विभेद रहेको र अन्तरजातिय विवाहको नमूना भएको गाउँमा कसरी यति ठुलो घटना घट्यो ? सोचनिय विषय छ । तथापि, रुकुममा घट्ना हुनु नै जनयुद्ध अस्विकार गर्नेहरुको निम्ती घटना एक असल खुराक हुने निश्चित छ । घटना लगत्तै संघिय संसदमा रुकुमपश्चिका निर्वाचित सांसद तथा माननीयपूर्व गृहमन्त्री जनार्दन शर्मालाई आफ्नु क्षेत्रमा घटेको भयानकठुलो घटनाका बारेमा धारणा राख्न नदिनु । संसदमा होहल्ला गरी अवरोध पुर्याउनु । उहाँले बारम्बार पिडितको पक्षमा बोल्दा, पिडकलाई कारवाही र पिडितको न्यायको लागि उच्चस्तिरिय संसदिय समिति गठनको माग राख्दा पनि सम्वन्धित निर्वाचन क्षेत्रका सांसद समेतलाई अविश्वास गर्नुले उत्त घटना राजनैतिक खेल बनिरहेको छ । घटनामा कानूनी अधिकार प्राप्तीको लागि भन्दापनि राजनैतिककरण र व्यवशायीकरण भएको प्रष्ट देखिन्छ ।

घटनाका दोषिहरुलाई उनिहरुले गरेको अपराध अनुसारको सजाय पाउनुपर्छ । तर, घटनाको विषयान्तर र राजनैतिककरण गरी उत्त क्षेत्रको प्रतिनिधित्व गर्ने माननीय जर्नादन शर्माको उकालोलाग्दो व्यक्तित्वमाथि समेत प्रहार गरेर राजनितिक जिवन समाप्त गर्नु न्याय हुन्छ र ? त्यतिमात्र हैन खराव राजनैतिको आँखिझयालमा जाजरकोटबाट निर्वाचित सांसद माननिय मन्त्री शक्तिबहादुर बस्नेत समेतलाई घटनामा मुछने तयारी देखिन्छ । पुर्व माओवादी आन्दोलनका जुझारु हस्ती र हाल नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) का प्रभावशाली नेता भएकाले दुवैलाई कमजोर पारी सिंगो नेकपालाई बदनाम गर्ने मनसायले वास्तविकता सार्वजनिक नहुँदै दुवै निर्वाचित सांसदको मिलेमतो भएको कुरा घट्ना भएको पर्सी पल्टै संघिय संसदमा व्यक्तहुनुले विषय पिडितलाई न्यायभन्दा राजनैतिक लाभ प्रदान देखीन्छ । विगतमा कतिपय घटनामा शक्ति र पहुँचमा भएकाहरुले घटनालाई अन्यत्रै जोड्ने र पिडितले न्याय नपाएको उदाहरण प्रशस्त छन । यो घटनामा पनि त्यसो नहोला भन्न सकिदैन तर के जर्नादनशर्मा र शक्ति बस्नेत र पूर्व माओवादी पंक्तिका कारण पिडितले न्याय नपाउने हुन ? विषयगम्भिर छ । यस्तो प्रकारको राजनैतिककरणले कसैलाई क्षणिक भावनात्मक लाभ त होला तर सास्कृतिक परिवर्तनको प्रमुख आन्दोलन जनयुद्धको अवमुल्ययन हुनेछ भने जातीय अधिकारको लडाईमा लागि विचारधारात्मक संघर्ष गर्ने नेपाली कम्यूनिष्ट आन्दोलन प्रति अन्याय हुनेछ । यसमा सिंगो दलित समुदाय सचेत र सजग हुन जरुरी छ । हालसम्म पनि न्याय नपाएकी निर्मला हत्याकाण्डको ताजा इतिहास हामीसंग छ । भिडले न्याय दिलाउन सक्दैन केवल खबरदारी मात्र हो । विषय जति राजनैतिककरण हुँदै जान्छ पिडितले न्याय नपाउने सम्भावना बढदछ । यतातिर ध्यान पु¥याउन जरुरी छ ।
कानुनी दृष्टिकोण
अनुसन्धान तहकिकातबाट मृतकहरुलाई दलित भएकै कारण मारेर भेरी नदिमा फालिएको भन्ने प्रमाणित भएको खण्डमा मौजुदाकानून वमोजिम घटनामा संलग्न व्यत्तिहरुलाई कानूनी कार्वाही हुनेछ । उत्त घटना जघन्य मानवता विरुद्धको अपराध ठहरिनेछ । यस्तो निर्मम घटनालाई कसैले पनि सहनसक्ने अवस्था रहदैन । यस प्रकारका घटना दलित समुदायको मात्र सवाल हुन सक्दैन । यो सामाजिक अपराध हो यसलाई निर्मुल पार्नु मानवजातिकै कर्तव्य हो । कुनै विचार, समुदाय, जात, र वर्ग संग जोडिएको विषय होइन । अर्कोतिर परिस्थितिजन्य घटना (भवितव्य) घटेको प्रमाणित भएमा उत्त विषयलाई उचाल्नु हुँदैन । जसको परिणाम समाज झनै विखण्डन हुन सक्दछ । तसर्थ, निष्पक्ष अनुसन्धानपछि घटनाको वास्तविकता वमोजिम पिडकले सजाय पाउँछ र पिडितले न्याय पाउँछ भन्ने मा हाम्रो न्यायिक प्रणालीप्रति विश्वास गर्नुपर्दछ ।

समाजशास्त्रीय विवेचना
चौरझारी घटना एक सामाजिक घटना हो । नेपाली समाजको प्रारम्भमा जातीय व्यवस्था जुन ढंगले कामका आधारमा विभाजन गरियो । यसले नेपाली समाजलाई आजको २१औं शताब्दीमा समेत पिरोलेको छ । जातीय (उचनिच) को मानसिकताले नेपाली समाज जगडिएको छ । केही हदसम्म तत्कालिन नेकपा (माओवादी) २०५२ सालफाल्गुन १ गते देखी सञ्चालन गरेको जनयुद्ध तथा विगतका अन्य क्रान्तिकारी आन्दोलनले सामाजिक साँस्कृतिक संस्थाहरुमा धक्का त दियो । त्यो धक्काले सास्कृतिक संरचनाहरु खलबलिएपनि खाडल पुर्न सकेन । त्यसको परिणाम हालपनि समाजमा देख्न सकिन्छ । नेपालको समाजको स्वरुप हेर्दा जातीय अवस्था ब्रामहण–ब्रमहण विच विभेद, क्षेत्रि–क्षेत्रि विच विभेद, दलित–दलित विच विभेद, मतवाली–मतवाली विचको विभेद तागाधारी–तागाधारी विच विभेद रहेकाले आ–आफ्नै समुदायमा विभेद छ । विभेदको रुप र प्रकृतिमामात्र फरक छ । नेपाली समाजमा विभेद नभएको कुनै समाज छैन । यो विभेद अन्त्य गर्न चेतनिय साँस्कृतिक क्रान्तिविना तत्काल सम्भव छैन । आज पनि विहेवारीको कुरा गर्दा जात मिल्दो खोज्नु नेपाली समाजको वास्तविकता र यर्थातता हो । हाम्रो समाजमा जात र धन सम्पतिले जोडी निर्धारण गर्दछ । जुनसुकै फरकजात वा समानजातको भएपनि गरिबको छोराले धनीको छोरीसंग प्रेम भएपनि विहेवारी हुनेमा धनसम्पति तगारो बन्छ । जोडी सम्पतिका आधारमा जोडिन्छ वा छानिन्छ । गैरदलित र दलित होस या सामानजाती भित्रपनि किन नहोस धर्म, जात र धन सम्पति तगारो बन्नु वास्तविक नेपाली समाजको चरित्र हो । मुख्यकुरा जातीय भन्दा पनि वर्गिय विभेद प्रधान रहेको परिदृश्यको उपजमान्न सकिन्छ चौरझारी घटना ।

विधिशास्त्रिय मान्यता अनुसार अपराध अनुसन्धानको क्रममा हजार अपराधि छुटन सक्छन । तर, एक जना निर अपराधि दण्डित हुनु हुदैन । तसर्थ, घटनाको निपश्क्ष छानविन गरी पिडिते न्यायपाउनु पर्दछ । अपराध भएको पुष्टी भएमा जो कोही दोषी भएपनि मौजुदाकानून बमोजिम सजाय पाउनु पर्दछ । तर, घटनाको छानविनमा पुर्ण सहयोग गरिरहेका, पिडितको पक्षमा वकालत गरिरहेका त्यस क्षेत्रका संघिय र प्रदेशसभाका माननियहरु, स्थानीय सरकारका प्रमुख तथा जनप्रतिनिधिहरु र पश्चिम रुकुमको नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) लगायतका घटनासंग असम्विन्धित व्यत्ति तथा संस्थाहरुलाई राजनैतिक, सामाजिक वा अन्य प्रकारवाट थप पिडित वनाईनु आगोमा घ्यू थप्नु हो । यसले समाजमा थप क्षति पु¥याउन सक्दछ । नेपाली समाज हरेक प्रकारका विभेदको विरोधमा उभिएको छ । कथित छुद र अछुद मात्रहैन । अछुद अछुदविचको विभेदको पनिखवरदारीमा छ ।
(लेखक, अधिवक्ता तथा मप विश्वविद्यालय, बागेश्वरी बहुमुखि क्याम्पस,कोहलपुरका शिक्षण सहायक हुन ।)

Nabintech