कर्णाली प्रदेशमा मंगलबार मात्र २९ जना कोरोना भाइरस का संक्रमित थप भएका छन् ।
कर्णाली प्रदेशको प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २९ जनामध्ये सुर्खेतका ११ जना, सल्यान र अछामका ९/९ जना रहेका छन् ।
जसमध्ये वीरेन्द्रनगर नगरपालिका–१ का १७ देखि ५० वर्षसम्मका ८ जना, वडानम्बर ३ का १४ देखि ३३ वर्षसम्मका ३ जना रहेका छन् । त्यस्तै सल्यानको दार्मा गाउँपालिका–१ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर २ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर ३ का ३५ र ३९ वर्षका पुरुष, वडानम्बर ४ का ३८, ४० र ५० वर्षका ४ जना पुरुष रहेका छन् ।
त्यसैगरी अछामको मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका ४ का २२, २४, २७,२९, ३५ र ४० वर्षका ६ पुरुष, २७ र ३० वर्षका महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ पुगेको छ ।