१४ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राहातमा सक्रिय क्वारेन्टाईन व्यवस्थापनमा निष्कृय


कोहलपुर/ कोहलपुर ८ को बिपद् व्यवस्थापन समितिले सरस्वती माध्यामिक विद्यालयमा निर्माण गरेको क्वारेन्टाईन व्यवस्थानपनका लागि राजनीतिक दलहरुका तर्फबाट स्वयम सेवक खटाउने निर्णय गर्यो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट २ जना , नेपाली काँग्रेसका तर्फवाट २ जना राप्रपाका तर्फबाट १ जना दैनिक रुपमा परिचालन गर्ने निर्णय पनि दलहरुका तर्फबाट भएको वडा अध्यक्ष रेशम खत्री सम्झना गर्दछन ।

क्वारेन्टाईनमा स्वयम सेवक परिचालन गर्ने निर्णय भएको भएपनि क्वारेन्टानमा स्वयम सेवक परिचालनमा दलहरु भने हिच्कीचाएका छन । वडा अध्यक्ष खत्रीका अनुसार हाल नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट २ जना नियमित खाना पकाउन र खुवाउने कार्यक्रमा सहयोग गरेको भएपनि नेपाली काग्रेसले भने स्वयम सेवक परिचालन नगरेको खत्रिले बताए । काँग्रेसका कोहलपुर ८ का अध्यक्ष बेल बहादुर क्षेत्री कहिले काही क्वारेन्टाईनमा आउने गरेकोको भएपनि नेपाली काँग्रेसका अन्य नेता कार्यकर्ता क्वारेन्टाईन नआएको खत्रीले बताए । कोहलपुर ८ नेपाली काँग्रेसका उदयमान नेता पुर्ण प्रसाद आचार्यको वडा पनि हो ।

वडा अध्यक्ष खत्रीका अनुसार राहात बितरणमा सम्पुर्ण राजनैतिक दलहरु सक्रिय भएर लागेको भएपनि क्वारेन्टाईन व्यवस्थापनमा उदासिन रहेको गुनासो
गरे । राहात बितरणमा दलहरुले सक्रिय भुमिका खेलेको उनको भनाई छ । सो क्वारेन्टाईनमा हाल ३७ जना रहेका छन ।
कोहलपुर १० त्रिभुवन माध्यामीक बिद्यलयमा रहेको क्वारेन्टाईनमा दलहरुको सक्रिय सहभागिता देखिदैन । क्वारेन्टानमा उपस्थिती नरहेपनि अन्य व्यवस्थापनमा उदाहरणीय सहयोग मिलेको कोहलपुर १० का अध्यक्ष निरज चलाउने बताउछन । उनले खाद्यान्न व्यवस्थान लगायतका काममा सवै राजनैतिक दलहरु उल्लेख्य सहयोग पाएको अध्यक्ष चलाउने बताउँछन । क्वारेन्टाईनमा हाल २५ जना रहेको र उनिहरुलाई २ जना कर्मचारी राखेर खान खुवाउने गरेको उनले बताए ।

कोहलपुर २ मा रहेको लक्ष्मी माध्यामिक बिद्यालय बर्दहवमा रहेको क्वारेन्टाईन व्यवस्थापनमा दलहरुको सहयोगका लागि औपचारीक आग्रह नगरेको भएपनि कतिपय दलहरु आफैले सहयोग गरि रहेको वडा अध्यक्ष कर्ण बिसी बताउछन् । बिसीका अनुसार नेकपाका तर्फ बाट हरि रानाको नेतृत्वको टोलि दैनिक क्वारेन्टाईनमा खाना व्यवस्थापनमा जुट्ने गरेको बताए । उनले बिद्यालयका प्राध्यानाध्यापक बद्रि सापकोटा , अध्यक्ष प्रेम पुलामी मगर लागायतको सक्रिय सहयोग पाएको अध्यक्ष बिसीले बताए । उनले नेपाली काँग्रेसको तर्फबाट खाद्यान्न सहयो भएको जानकारी दिए । उनले नेपाली काग्रेस वडाको तर्फबाट १०० किलो चालम लगायतका खाद्यान्न प्राप्त भएको बताए ।
कोहलपुर ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले राहात बितरणमा दलहरुले खिचातानि गरेपनि क्वारेनटाईन व्यवस्थापनमा चासो नदिएको बताए । उनले बागेश्वरी क्वापसमा सञ्चालिन क्वारेन्टाईनमा कर्मचारी राखेर खानपानको व्यवस्था मिलाएको जानकारी दिए । उनले राहात बितरणमा दलहरुले निकै तानातान गरेको गुनासो पोखे ।

कोहलपुर १२ मा रहेको ज्ञान ज्योति माबि चप्परगौडीको क्वारेन्टाईन व्यवस्थापन र सञ्चालनमा दलहरुको भुमिका शुन्य जस्तै रहेको क्वारेन्टाईन व्यवस्थापनमा खटिएकी कार्यपालिका सदस्य नारायणी वलीले बताईन । बिभिन्न आस्थाका साथिहरुको व्यक्तिगत सहयोग रहेपनि दलगत सहयोग शुन्य रहेको उनको भनाई छ ।

कोहलपुर नगरपालिका भित्रका १५ ओटा वडाका क्वारेन्टाईनहरुमा झण्डै ५ सय मानिस बसेका छन । उनिहरुको पिसिआर र आरडिटि जाँचको पहल हुन नसेकोको क्वारेन्टाईनमा बस्नेहरुको गुनासो छ ।

नेकपा कोहलपुर नगर अध्यक्ष बसन्ती अधिकारीले वडा स्तरमा स्थपना गरिएका क्वारेन्टाईनको खानपान व्यवस्थपन मिलाउन वडा कमिटिहरुलाई स्वयम सेवक परिचालन गर्न निर्देशन दिईएको बताईन ।उनले आवश्यकता हेरी २ देखि ५ जना सम्म परिचालन गर्न निर्देशन दिईएको बताउदै नेकपाले क्वारेन्टाईन निर्माणका क्रममा भएका बिवाद हुन वा त्यसपछि निरन्तर स्थानिय सरकार संग सहकार्य गर्दै आएको बताईन ।

नेपाली काँग्रेस कोहलपुर नगर कार्यसमितीका सचिव भुम भण्डारीले स्थानीय सरकारले आवश्यक्ता महसुस गरि बोलाएको समय बाहेक नेपाली काँग्रेसले कुनै पनि क्वारेन्टाइनमा स्वयम सेवक नखटाएको बताए ।

Nabintech