७ असार २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरका डाक्टरहरु विरोधमा


कोहलपुर/बाँकेको कोहलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डाक्टरहरुले चिकित्सकमाथि हातपात गरिएको घटनाको विरोध जनाएका छन् । काठमाण्डौं स्थित नेपाल मेडिकल कलेज जोरपाटीमा ६४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर चिकित्सकमाथि हातपात भएको थियो ।

घटनामा संलग्न दोषीउपर कानुनी कार्वाहीको सरकारसँग माग गर्दै कोहलपुरका डाक्टरहरुले विरोध जनाएका छन् । कोहलपुरमा मंगलबार भएको विरोध सभामा बोल्दै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका डाक्टर दिनेश श्रेष्ठले कोरोना महामारीका बेला ज्यानको बाजी लगाएर खटिरहेका चिकित्सकमाथि बिरामी बचाउन सकिनस् भन्ने आरोप लगाउँदै हातपात गर्नु अत्यन्तै अमानवीय कार्य भएको भन्दै घटनाको घोर भत्र्सना र निन्दा गरेका छन् । डाक्टर माथि हातपात हुँदासमेत सरकारले दोषिलाई कारवाही नगरेको भन्दै तत्काल कारवाही गर्न माग समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै डाक्टर देवेन्द्र आचार्यले कोरोनाको महामारिका विरुद्ध विश्वयुद्ध स्तरमा खटिएर लडिरहका डाक्टरहरु माथि आक्रमण हुनु गतल भएको भन्दै घटनाको घोर भत्सना समेत गरेका छन् । साथै उनले सरकारले दोषि माथि कारवाही नगरे सेतो यूनिफर्म लगाएका डाक्टरहरु रातो कर्फन बाँधेर सरकारका विरुद्ध संघर्ष गर्ने चेतवानी समेत दिएका छन् । कार्यक्रममा बोल्दै डा. होमनाथ अधिकारीले राज्यले डाक्टरहरुलाई सुरक्षा गर्न नसकिरहेको बताउँदै डाक्टर र स्वास्थ्य कर्मीलाई सहज रुपमा सेवा गर्न सक्ने वातावारण राज्यले निर्माण गर्नुपर्ने बताएका छन् । हालको उत्पन्न महामारीसँग जुध्नका लागि युद्ध मैदानमा होमिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई यस्तो अमानवीय र अक्षम्य घटना घटाउनेमाथी कानूनी कारवाही नगरिएको खण्डमा यसले देशभरको समग्र स्वास्थ्यसेवा प्रवाहलाई गम्भिर असर पार्ने सक्ने तर्फ सचेत रहन विरोध सभामा बोल्ने वक्ताले चेतावनी दिएका छन् ।

Nabintech