२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अस्पतालको संचालन र व्यवस्थापनमा अहोरात्र खटिने छु-केसी


कोहलपुर/  बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पदभार ग्रहण गरेका समितिका अध्यक्ष भक्तबहादुर केसीले आफ्नो नेतृत्वको टीम अस्पतालको संचालन र व्यवस्थापनमा अहोरात्र खटिने बताएका छ्न । उनले जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या रहेकोले सबैभन्दा पहिलो पहल जनशक्ति परिपूर्ति गर्ने बताए ।

हिजो पदभार ग्रहण गरेका अध्यक्ष केसीले आजदेखी जिम्मेवारी सम्हाल्दै अस्पताल पूर्णरूपमा संचालनका लागि गर्नुपर्ने व्यवस्थापनमा लाग्ने बताएका हुन । उनले कम्तीमा विशेषज्ञसहित १३० जना जनशक्ति आवश्यक रहेकोमा अबको पहल त्यसैमा केन्द्रित हुने जनाए । जनशक्ति परिपूर्तिका साथै रेडिएसन मेसिन लगायत आवश्यक सामाग्री व्यवस्थापनको पहल गरिने अध्यक्ष केसीले बताए ।

निष्ठा,ईमान्दार,लगनशील र निस्वार्थ सेवाभावका पर्यायवाची केसीलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुराको अध्यक्षमा र यसक्षेत्र कै जुझारु समाजसेवी पुर्ण चन्द्र पोखरेल, मुस्लिम समुदायका युवा मोहमद मुबिन खाँ र महिला प्रतिनिधिको रुपमा समाजसेबी चरित्रा शाहलाई सदस्य पदमा मनोनयन गरेको हो ।

Nabintech