१४ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
वडा अध्यक्षको निधन प्रति काँग्रेसद्धारा दुख व्यक्त


जाजरकोट जिल्लाको कुशे गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष राम बहादुर शाहीको निधन प्रति नेपाली काँग्रेस जाजरकोटले दुख व्यक्त गरेको छ। नेपाली काँग्रेस जाजरकोटका सभापति दिपजंग शाहले एक शोक वतव्य जारी गरी नेपाली काँग्रेस जाजरकोटका पूर्व जिल्ला सदस्य, पूर्व महाधिवेशन प्रतिनिधि समेत रहेका शाहको निधन प्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली दिएका छन् । साथै नेपाली काँग्रेसका नेता बेदराजसिंहले शाहले मृत्युले नेपाली काँग्रेस जाजरकोटले एक निष्ठान कार्यकर्ता गुमाएको बताउँदै मृतक प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने परिवार जनप्रति धर्यधारणको कामना गरेका छन् ।

Nabintech