११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रहरी बिटको चापी हस्तान्तरण


कोहलपुर नगरपालिकाले निर्माण गरिदिएको कोहलपुर चौराहको प्रहरी बिटको चापी हस्तान्तरण गरिएको छ । सोमबार कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले दुई कोठे भवनको चापी इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षकलाई हस्तान्तरण गरेका हुन ।
चापी हस्ताक्षर गर्दै नगर प्रमुख रावतले भने,‘ प्रहरीले चौविसै घण्टा डिउटी दिएर बस्नु पर्ने स्थानमा हावा ,हुरी , पानी जस्ता परिस्थितिमा उनीहरुलाई पनि केही सुविधा होस भन्ने उद्देश्यले यो बिट बनाइएको र यसबाट केही सुबिधा प्राप्त हुने नै छ ’ ।
बिटको चापी हस्तान्तरण कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा , कार्यपालिका सदस्य कल्पना अत्रिकारी शर्मा तथा वडा नं ११ का वडा सदस्य छबिलाल भट्टराई समेतको उपस्थिति रहेको छ ।

Nabintech