११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा प्रधानमन्त्री स्वरोजगार कार्ययोजना सञ्चालन शुरु


प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगतका योजनाहरु बन्दाबन्दीका कारण ढिलो गरी सञ्चालन हुन लागेका हुन । सोमबार कोहलपुर नगरपालिका वडा नं १२ सुन्दरबस्तीमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगतको ६ सय मिटर लम्बाई बाटोका माटो पटान तथा ग्रावेल गर्ने काम कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका छन् । नगर प्रमुख रावतले फरुवाले खनेर योजना शुरु भएको संकेत गरे । रावतले भने ,‘ हाल कोरोना भाइसरका कारण लामो बन्दाबन्दी भएको र यसबाट गरिब तथा बिपन्न समुदायमा पर्न गएको दैनिक गुजाराको समस्यालाई तपाईहरुले दैनिक ज्याला मजदुरी गरी दैनिक रुपमा पारिश्रमिक पाउने र यसबाट आफ्नो परिवारको समस्या टार्न सक्नु हुन्छ । तर काम गर्दा भाली भोली पनि तपाईहरुलाई काममा बोलाउने गरी इमान्दारी पूर्वक काम गर्नुहोला’ ।
रु ९ लाख ६१ हजार को सो योजना उपभोक्ता समिति मार्फत हुन लागेको कोहलपुर नगरपालिका प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका संयोजक भद्र बहादुर थापाले जानकारी गराए । सो कार्ययोजनाको निर्देशिका अनुसार प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका योजनाहरुका कार्य सम्पादन गर्दा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा आफू बेरोजगार रहेको भनी फारम भरेका व्यक्तिहरुबाट नै उपभोक्ता समिति गठन गर्ने र श्रम गर्ने कामदारहरु पनि तिनै व्यक्ति हुनु पर्ने व्यवस्था रहेको संयोजक थापाले बताए ।


चालु आर्थिक वर्षमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि कोहलपुर नगरपालिकाले छनौट गरी पठाएका योजनाहरुका लागि रु ७५ लाख रकम प्राप्त भएको र कोभिड–१९ का कारण सरकारले लागु गरेको बन्दाबन्दीका कारण ती योजनाहरु समयै शुरु हुन नसकेको भएपनि केही योजनाहरुको काम सामाजिक दुरी कायम गरी थोरै जनशक्ति प्रयोग गरी शुरु गरेको कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार भीम रावतले जानकारी गराएका छन् ।

Nabintech