११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मृत्युहरुको नाम खुल्यो, ठेगाना खुल्ना बाँकी


बाँकेमा राप्तीसानोरी–२मा गएराती भएको सवारी दुर्घटनामा परेर मृत्यु भएकामध्ये ११ जनाको नाम पहिचान भएको छ भने एक जनाको नामसमेत अझै खुलेको छैन । नाम पहिचान भएका मृतकको ठेगाना भने पहिचान भइनसकेको प्रहरीले जनाएको छ । अहिलेसम्म पहिचान भएका मृतकहरु नरेन्द्र बिक, मोहनचन्द्र बिक, रामबहादुर पुन, बुद्धिराम बिक, भीमबहादुर बिक, दिलबहादुर बिक, पुर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्काको पहिचान भएको छ भने एक जनाको नामसमेत खुल्न सकेको छैन । यस्तै दुर्घटनामा परी घाइते भएका तीन जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा २१ जना घाइते भएका थिए । घाइते हुनेहरुमा सबैभन्दा धेरै सल्यान जिल्लाका रहेका छन् ।

घाइते हुनेमा सल्यान शारदा नगरपालिका–६ कजेरीकी २९ बर्षिया टिका चलाउने, बनगाड कुपिन्डे नगरपालिका–६ घाँजरीका २० बर्षिय मीनराज बिक र ५२ बर्षिय दिपबहादुर बुढा रहेका छन् । त्यस्तै सल्यान सिद्धकुमाख गाउँपालिका–५ का छापडाँडाका १८ बर्षिय धनबहादुर बोहरा, २६ बर्षिय निमबहादुर वली, दहका ४० बर्षिय तेजबहादुर बुढाथोकी, १८ बर्षिय देवेन्द्र खड्का, १७ बर्षिय ज्ञानबहादुर बोहरा, वडा नं। ४ चाँदेका २८ बर्षिय लोकेश घर्ती र २६ बर्षिय शिव भण्डारी रहेका छन् भने एक जनाको नाम र ठेगाना खुलेको छैन । दाङ्ग घोराही उपमहानगरपालिका–५ धर्नाका ४५ मेघराज केसी, राजपुर गाउँपालिका–६ ग्रामीखोलाका २० बर्षिय दिपेश चौधरी, राजपुर गाउँपालिका–२ रैनियाका २१ बर्षिय जीवन घर्ती, गढवा गाउँपालिका–६ भानपुरका २० बर्षिय भरत थापा र तुलसीपुर उपमहानगरपालिका–२ खैरीकोटका ३९ बर्षिया विष्णु गिरी र २३ बर्षिय रुपलाल केसी घाइते भएका छन् । त्यसैगरी घाइते हुनेहरुमा रोल्पाको त्रिवेणी गाउँपालिका–७ का १७ बर्षिय सुनिल परियार, २० बर्षिय बिरेन्द्र परियार, १८ बर्षिय पुरन परियार, टुटुका ४० बर्षिय दिलबहादुर विक र दुईखोली गाउँपालिकाका कुरेलीका ५२ बर्षिय नरबहादुर बिक रहेका छन् । दुर्घटनामा परी मृत्यु भएकाहरुको पहिचान नभएको र उनीहरुको शव अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।गएराती नेपालगन्जबाट सल्यान जाँदै गरेको ना५ख ५९९५ नम्बरको फोर्स गाडी राप्तीसोनारी गाउँपालिका–१ अगैया नजिकै पूर्वपश्चिम राजमार्गको ठुरिया जंगलमा रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको मृत्यु भएको थियो ।

Nabintech