१५ मंसिर २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपाका नेता न्यौपानेकोे नेतृत्वमा क्वारेन्टाइनमा फलफुल बितरण


कोहलपुर/  नेकपाका युवा नेता एंव प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपाने लगायतको टोलीले सोमबार कोहलपुर नगरपालिका भित्रका क्वारेन्टाईनहरुमा बसेकाहरुलाई फलफुल बितरण गरेको छ ।

वडा नं १ को कृष्ण माध्यामिक बिद्यालय कैशिल्यानगर , वडा नं २ लक्ष्मी माध्यामिक बिद्यालय, बर्दहवा , वडा नं ३ को जनता माध्यामिक बिद्यलाय , मैटहवा , वडा नं ४ सगरमाथा ज्ञानपुञ्ज माध्यामिक बिद्यालय किरण नाला , कोहलपुर १२ को जनज्ञान ज्योति माबि चप्परगौडी , कोहलपुर १३ नेपाल राष्ट्रिय माबि खड्कावार , कोहलपुर १० को त्रिभुवन माबि लगयतका नगरका सबै वडामा रहेका क्वारेन्टाईनहरुमा बसेका झण्डै ४०० जना लाई केरा र लिचि लगायतका फलफुल बितरण गरेका हुन ।

नेता नरेन्द्र न्यौपाने , नेकपा कोहलपुर नगर सचिव तुलाराज बिष्ट , बागेश्वरी क्यापसका उप–प्राध्यापक जय कृष्ण न्यौपाने , नेकपा कोहलपुर ९ का अध्यक्ष ओपेन्द्र नाथ योगी र शिक्षण अस्पताल कोहलपुरका डाक्टर गणेश न्यौपाने लगायतले फलफुल बितरण गरेको सचिव बिष्टले जानकारी दिए ।

स्थानीय सरकार मात्रैले महामारीका समयमा व्यवस्थापन गर्न नसक्ने भएकाले व्यक्तिगत तवरबाट पनि सहयोग आवश्यक रहेको महसुस गरि क्वारेन्टाईनहरुमा फलफुल सहयोग गरेको नेता न्यौपानेले बताए । उनले क्वारेन्टाईनमा बसेका कुनै गुनासो भए , वडा जनप्रतिनिधीसंग गुनासो गर्न र सम्यमित भएर राज्यलाई सघाउन आग्रह गरेको समेत जानकारी दिए ।

उनले क्वारेन्टाईनमा वसेकाहरुको छिटो भन्दा छिटो पिसिआर चेक जाँचका लागि सम्बन्धीत निकाययलाई आग्रह गरिएको समेत जानकारी दिए ।

Nabintech