६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना भाइरस संक्रमितलाई गोली हान्न किमको आदेश


उत्तर कोरियामा पनि कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । तर उनलाई कुनै उपचार गर्नुको सट्टा उत्तर कोरियाले गोली हान्ने आदेश दिएको छ ।

शासक किम जोङ उनले आफ्नो देशमा पहिलो पटक फेला परेका कोरोना भाइरसबाट संक्रमित आप्mनो देशका नागरिकलाई गोली हान्ने आदेश दिएका हुन् ।

इन्टरनेसनल बिजनेस टाइम्सको रिपोर्टअनुसार उत्तर कोरियामा कोरोना भाइरस संक्रमित विरामी फेला परेपछि किमले संक्रमण फैलिन नदिन गोली हान्ने आदेश दिएका हुन् ।

ती संक्रमित चीनबाट फर्किएका व्यापारी रहेको बताइएको छ । तर उत्तर कोरियाले जारी गरेको एक आधिकारिक बयानमा कोरोना भाइरस संक्रमित बिरामी फेला नपरेको र परिस्थितिसँग सामना गर्न तयारी गरिएको दाबी गरिएको छ ।

किमको यो निर्णयले भने उत्तर कोरियामा कत्तिको क्रुर शासन चलिरहेको छ भन्ने स्पष्ट हुन्छ ।

Nabintech