२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राप्तीसोनारीमा फेरी अर्को दुर्घटना हुँदा छ वर्षिय बालक घाईते


राप्तीसोनारी गाउँपालिका वडा नं २ को अगैयामा आज फेरी अर्को दुर्घटना भएकोे छ । उद्योग तथा आपूर्ति मन्त्रालयको पास लिएर काठमाण्डौंदेखि अछामसम्म मानिसलाई छोडेर अछामदेखि काठमाण्डौं जाँदै गरेको बा १ प ७५१ नम्बरको गाडि आफै अनियन्त्रती हुँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख कुलदिप चन्दले जानकारी दिएका छन् । दुर्घटनामा परी कैलाली धनगढिकी छ वर्षिय अबि पौडेल घाईते भएको रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रमुख चन्दका अनुसार सो गाडिमा ३ जना सवार रहेको थिए भने घाईतेको अहिले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भईरहेको छ । अन्यको अवस्था सामान्य रहेको छ भने बालिकाको खुट्टामा चोट लागेको बताइएको छ । सोहि ठाउँमा गएराती सकड दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाईते भएका छन् ।

Nabintech