राप्तीसोनारी गाउँपालिका वडा नं २ को अगैयामा आज फेरी अर्को दुर्घटना भएको पाईएको छ । अछामदेखि काटमाण्डौं जाँदै गरेको बा १ प ७५१ नम्बरको गाडि दुर्घटना हुँदा १ जना घाईत भएको पाईएको छ । गाडिमा ६ जना यात्रु रहेकोमा छ वर्षिय अबि पौडेले घाईते भएको पाईएको छ । घटनासम्बन्धी थप विवरण आउन बाँकी छन् । सोहि ठाउँमा हिजो सकड दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाईते भएका छन् ।