११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सहारा विहिन कुमाल आहारा विहिन हुँदै


राप्तीसोनारी / चारैतिर प्वाल परेको सानो झुपडी , २ वटा काला भाडा एउटा पानी पिउने गिलास अनि छेउमै टाड यसमै दुखका दिनहरु व्यतीत गरिरहेका छ्न राप्तीसोनारी गाउँपालिका ९ बुचापुरका ६१ वर्षीय हरिलाल कुमाल , बागेसाल खोला किनारमा वर्षौं देखि एक्लै बस्दै आएका सहारा विहिन कुमाल पछिल्लो समयमा आहारा विहिन हुन थालेका छन । गाउँघरमा मजदुरी गर्दै आएका कुमाल लकडाउनका कारण काम पाइन छोडेपछि कतिपय छाक भोकै बस्नु परेको उनी बताउछ्न । वडा बाट एक पटक १० किलो चामल पाएका कारण केहि समय छाक टारेको बताउदै अब भने छाक टार्न धौ धौ परेको बताए । आफ्नो जिवनकालमा २ वटा विवाह गरिसकेका कुमालले श्रीमतीहरुले समेत छोडेर गएपछि सहारा बिहिन बनेका छ्न । पहिले माछा मारेर गाउँमा चामल संग साटेर छाक टार्ने गरेका उनी बाँके राष्ट्रिय निकुञ्ज घोषणा भएपछि माछा मार्ने काम समेत गर्न नपाएको उनको गुनासो छ । केहि समय अघि आँखामा चोट लागेर उपचार गर्न नपाएपछि उनको एकवटा आँखाले समेत काम गर्न छोडेको उनी बताउछ्न । कोरोना भाइरस अर्थात कोभिड १९ का कारण मजदुरी गर्न नपाएका कारण कुमाल यतिबेला थप पिडामा परेका छन । सामान्य झुपडीमा दिन बिताइरहेका कुमालले कतिपय छाकहरु भोकै टार्नु परेको दुखेसो गर्दै आफुलाइ सहयोग गरिदिन समेत उनले आग्रह गरे।

Nabintech