११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अस्ट्रेलियामा रहेका दासौदीले समस्यामा परेकालाई सहयोग गरे


कोहलपुर कोहलपुर २ घर भइ हाल अस्ट्रेलियामा कार्यरत कलेन्द्र दासौदीले बन्दाबन्दीका कारण समस्यामा परेकाहरुलाई सहयोग गरेका छन् । उनले कोहलपुर २ का ६ घर परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।

उनले प्रति घर घर १ बोरा चामल १ पोका तेल , ३ केजी दाल २ केजी चीनी सहयोग गरेका हुन । यस अघि पनि उनले कोभिड १९ का विरुद्ध लड्न पानी राख्ने ड्रम र साबुन लगाएतका सामाग्री सहयो गरेका थिए ।

गरीब तथा विपन्न वर्ग को शिक्षा मा सहयोग पुग्ने गरी उनले ५० हजारको अक्षय कोष स्थापना गरेका छन् ।

कोहलपुर २ बर्दहवाका दुबै मृगौला पीडित २४ बर्षिय रवि थारुको औषधी उपचारमा सहयोग पुर्याउँन अस्ट्रेलियामा आर्थिक संकलन गरिरहेको दासौदीले नयाँ कोर्सलाई बताए । विपत तथा कुनै पनि संकटका बेला समस्यामा परेकाहरुलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।

Nabintech