११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेको अगैया सडक दुर्घटना , इमरजेन्सी नै आइसोलेसन

घाईतेहरुको परिचय खुल्यो



कोहलपुर/ आईतवार राति सडक दुघटनामा मृत्यु भएका र घाईते भएका सबैको कोरोना परिक्षण गरिने भएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका २ अगैया नजिकैको जंगलमा आइतवार मध्यरातमा रोकीराखेको ट्रकमा फोर्स गाडी ठोक्किएर भएको सवारी दुर्घटनामा परेर ज्यान गुमाएका र घाइते भएका सबैको कोरोना परिक्षण गरिने भएको हो ।
दुर्घटनामा परेका सबै भारतबाट फर्किएको हुँदा उनिहरु सबैको पीसीआर प्रविधिबाट कोरोना परिक्षण गरिने भेरी अस्पतालले जनाएको छ ।
त्यसका लागि मृतक १२ जना र घाइते भई उपचार गराईरहेका २१ जना गरि सबै ३३ जनाकै स्वाब संकलन गर्ने कार्य शुरु गरिएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए ।

अस्पताल प्रमुख थापाका अनुसार दुर्घटनाका मृतक र घाइतेहरु सबैको स्वाब संकलनको काम भइरहेको छ । अस्पतालको इमरजेन्सी वार्डलाई नै आइसोलेसनमा परिणत गरेर स्वाब संकलन भइरहेको उनले जानकारी दिए ।
उनीहरु भारतबाट आएको हुनाले कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि स्वाब संकलन गर्न शुरु गरिएको हो ।
नेपालगञ्जको जमुनाहा नाकाबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी आइतबार राती अगैया भन्ने ठाउँमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा ११ जनाको घट्नास्थलमै र एक जनाको अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ ।
गाडीमा सवार अन्य २१ जना घाइते छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । मृतकको शवलाई भेरी अस्पतालमा राखिएको छ ।
बाँकेको अगैया नजिकै जंगलमा भएको गाडी दुर्घटनाका घाइते सबैको जनाको परिचय खुलेको छ । बाँके प्रहरीका अनुसार घाइते मध्ये सल्यानका धेरै छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेहरुमा दाङका ४५ बर्षिया मेघराज केसी, दाङ तुल्सीपुरका ३९ बर्षिय विष्णु गिरी, २३ बर्षिय रुपलाल केसी, दाङको राजपुर गाउँपालिका ६ का २० बर्षिय दिपेश चौधरी, सोही गाउँपालिका वडा नं। २ का २१ बर्षिय जीवन घर्ती, दाङ जिल्लाका २० बर्षिया भरत थापा रहेका छन् ।
दुर्घटनामा रोल्पाको त्रिबेणी गाउँपालिकाका ७ का १७ बर्षिय सुनिल परियार, सोही ठाउँका २० बर्षिय बिरेन्द्र परियार, १८ बर्षिय पुरन परियार, रोल्पाका ५२ बर्षिय नर ब। बिक, रोल्पाका ४० बर्षिया दिल ब। बिक रहेका छन् ।
यस्तै सल्यान जिल्लाका शारदा नगरपालिका ६ का टीका चलाउने, बनगाड कुपिण्डे नगरपालिकाका २० बर्षिय मिनराज बिक, सिद्धकुमाख गाउँपालिका ५ का तेज बहादुर बुढाथोकी, सल्यानका १८ बर्षिय धन बहादुर बोहरा, सिद्धकुमाख ४ का २८ बर्षिय लोकेश घर्ती, सल्यानकै ५२ बर्षिय दीपबहादुर बुढा, सल्यान जिल्लाका शिव भण्डारी, सिद्धकुमाख गाउँपालिका ५ का २६ बर्षिय निमबहादुर बादी, १८ बर्षिय देबेन्द्र बुढाथोकी र १७ बर्षिय ज्ञान बहादुर। बोहरा रहेको रहेको बाँके प्रहरीले जनाएको छ ।
घाइते हुनेमा सबैभन्दा बढि सल्यानका रहेका छन् । मृतकहरुको भने सनाखत हुन बाँकी छ ।

Nabintech