१० असार २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मध्यरातमा भएको सडक दुर्घटनामा १२ को मृत्यु


कोहलपुर/सडक दुर्घटनामा परि बाँकेमा १२ जनाको मृत्यु भएको छ ।लक डाउनका समयमा भारतबाट आएकालाई लिएर नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नं. को हाइस कोहलपुर–लमही सडक खण्ड अन्तरगत राप्तीसोनारी गाउँपालिका–२ मा पर्ने ठुरे जंगलमा दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी चौकी शमशेरगन्जका इन्चार्ज सहायक प्रहरी निरीक्षक कुमार केसीले जानकारी दिए ।
आइतवार राती करिव ११ः३० बजे भएको दुर्घटनामा २१ जना घाइते भएका छन् । उनीहरुको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा एक महिला, करिव १२ बर्षको बच्चा सहित १२ जना रहेको उनले बताए । सडक छेउमा रोकि राखेको ट्रकमा ठोकिएर दुर्घटना भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा मृत्यु र घाइतेको नाम खुल्न नसकेको बताउँदै उनले सल्यान, रुकुम र दाङका भएको बताए । दुर्घटनामा हाइस चालक, सह–चाकल र कण्डक्टरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपालगञ्जबाट गएका सत्यानी सेवा समाजका अध्यक्ष दशरथ चन्द लगायतको टिम,जनपद तथा शसस्त्र, ट्राफिक प्रहरीले राती घटनामा परेका घाइते तथा मृर्तक हरुलाई राती अबेर करिब २ बजे नेपालञ्ज भेरी अस्पतालमा ल्याईपुर्याइएको  सल्यानी सेवा समाज बाँकेले जानकारी दिएको छ।
नेपालगञ्ज नाकाबाट उद्धार गरेर उनीहरुलाई सल्यान पठाईँदै थियो । मृतक १२ जनाकै शव भेरी अस्पतालमा रहेको छ।

Nabintech