कोहलपुर/ रुकम पश्चिममा भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै आइतबार कोहलपुरमा खबरदारी र्याली गरिएको छ ।
संयुक्त दलित संघर्ष समिति बाँकेको आयोजनामा गरिएको सो र्याली कोहलपुर चौराह हुँदै न्युरोड एनटिभी रोड हुँदै चौराहमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै पुर्व सिचाइ राज्यमन्त्री दल बहादुर सुनारले रुकुम पश्चिममा भएको घटनाले सम्पुर्ण दलित समुदाय स्तब्ध भएको बताउदै अहिलेको सरकारले घटनालाई गम्भीरता पुर्वक नलिए दलित समुदाय ज्वाला बनेर दन्किने बताए । कार्यक्रममा बाँकेका दलित अधिकारकर्मी , संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।