३ माघ २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना संक्रमीतले स्वास्थ्यकर्मिलाइ हातपातको प्रयास गरे


कोहलपुुर/ राप्तीसोनारीमा स्वाब संकलनको काम प्रभावित भएको छ । स्वाब संकलन गरिरहेका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमितले आक्रमन र हातपातको प्रयास गरेपछि स्वाब संकलनको काम प्रभाति भएको हो ।
राप्तीसोनारी ८ शिवशक्ति माध्यामिक विद्यालयको आइसोलेशनमा बसेका कोरोना संक्रमित वडा अध्यक्ष खुम बहादुर बस्नेतले स्वाब संकलन गर्ने क्रममा आफु निकट र आफन्तको स्वाब संकलन स्वास्थ्यकर्मीले गर्नु पर्ने अडान राख्दै हातपातको प्रयास गरेको एक प्रत्यक्षदर्शीले नयाँ कोर्सलाई बताए ।
भारतबाट जमुनाहा नाका हुदै नेपाल भित्रिएकाहरुलाई लिन उनिसँगै गएका अन्य १० जनाको स्वाब संकलन गर्ने काम र संक्रमितले दिएको  नामावलीमा हस्तक्षप गरी स्वास्थ्यकर्मीको टोलीलाई अपमानजनक तरिकाले हातपात र आक्रमनको प्रयास गरेको राम प्रसाद खनालले बताए ।
कोरोना संक्रमित वडा अध्यक्ष नै स्वास्थ्यकर्मी र केही राजनीतिक दलका नेता माथी लाइलाग्न खोजेपछि काम गर्दा गर्दै स्वास्थ्यकर्मीको टोलि बाहिरिएको स्वाब संकलनमा संलग्न एक स्वास्थ्यकर्मीले बताए ।
राप्तीसोनारीमा स्वाब संकलनकालागि ८७ वटा किट लगिएको भए पनि विवाद सृजना भएपछि करिव १ दर्जन जतिको मात्रै स्वाब संकलन भएको छ ।
कोरोना माहामारीको बेला दिनरात खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सानत्वना र प्रोत्साहान गर्ने बेला संक्रमित वडाअध्यक्ष बस्नेतले गरेको हर्कत आपती जनक रहेको भन्दै स्थानीयहरुले आलोचना गरेका छन् ।

Nabintech