१० माघ २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
गर्भवति महिला,सुत्केरी महिलाका साथै यौनिकताका सवाल उठाउन जरुरी


कोहलपुर/ बन्दाबन्दीको समयमा गर्भवति,सुत्केरीका साथै यौन हिंसा हुनुका कारण र समाधानका उपाय सहित यौनिकताका सवाल पनि उठाउन जरुरी रहेको एक भर्चुअल जुम अन्तरक्रिया कार्यक्रममा जोड दिएको महिला मानबअधिकर रक्षक संजाल बाँकेका अध्यक्ष अछरी पोखरेलले जानकारी गराएकि छिन् ।

महिला मानबअधिकार रक्षकको राष्ट्रिय संजाल जुमद्धारा आयोजित कोविट –१९ले संक्रमणका दौरानमा छायामा पारिएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र आउन सक्ने चुनौतिहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालका अध्यक्ष डा। रेणु अधिकारीले महिलाका समस्याहरु अल्पकालिन र दिर्घकालिन गरी छुट्टाएर समाधान गर्दै जानुपर्ने, महिलाको शरीरलाइ हेर्ने विभेदकारी सोचको अन्त्य हुनु पर्ने , यौन र यौनिकताका बारेमा प्रष्ट हुन जरुरी रहेको कुरामा जोड दिएकी हुन् । यसैगरी माननीय विन्दा पाण्डेले स्थानिय निकायमा बनेका कानुनले पारेका कठिनाइ बुदागत रुपमा सांसदीय समितिमा आएमा संसोधन र थपघट गर्न सकिने बताइन। ।

यसैगरी थाक्रे गाउपालिकाका उपमेयर अम्बिका रुपाखेतिले महिलामैत्री वातावरण बनाउनको निम्ति बजेट र कर्मचारी भर्ना गरेर मात्र हुदैन महिला मैत्री सोच पनि हुन पर्छ भन्ने जस्ता गहकिला सुझाव र सवाल उठाएकि हुन् । यसैगरी अन्तरक्रियामा तेस्रो लिंगी र अपाङ्गता ९फरक क्षमता ०भएका व्यक्तिहरुले नागरिकता नभएका कारण राहत पाउन नसकेको,बन्दाबन्दीका कारण अपाड्गता भएका महिलाका दोभासे र सरसफाइ गरीदिने व्यक्ति नहुदा रोग फैलिने डरभएको,गर्भावस्था र परिवार नियोजनका साधन नपाएर अनिच्छित गर्भ राख्न बाध्य भएको जस्ता समस्या बन्दाबन्दीको समयमा महिलाले भोग्नु परेको जानकारी गराइएको थियो ।

कार्यक्रममा माननिय विद्या भट्टराइ,माननिय मन जिसी के।सी, महिला मानबअधिकार रक्षकहरु टंक माया लिम्बु, श्याम शाह, निर्मला धिताल, निर्मला बाग्चन, देव कुमारी महत लगायतले बन्दाबन्दीको अवस्थामा महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा परेको असर अपनाउन पर्ने सावधानी र सतर्कताका सवालमा बोलेका थिए । बन्दा बन्दीकोअवस्थामा महिलाहरु घरभित्रै बस्नुपर्ने अन्य कुनै निकायमा गएर उजुरी गर्ने ठाउँ पनि नभएका कारण चैत्र यता २७ जना महिलाले आत्महत्या गरेको पनि छलफलमा जानकारी गराइएको छ।

Nabintech