२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर ८ मा तीन सय बढी भारतबाट आउँदै


कोहलपुर/  कोहलपुर नगरपालिका वडा नं ८ स्थित सरस्वती माध्यामिक विद्यालयको क्वारेन्टाइनमा भारतबाट फर्केका ३५ जना बसिरहेका छन् । अझै वडाका ३ सय बढि भारतमै रहेकाहरु सम्पर्कमा आएको वडा नं ८ का वडा अध्यक्ष रेशम खत्रीले बताए ।

भारतमा रहेका ३ सय सिमा नाकाबाट भित्रिए भने क्वारेन्टाइनको क्षमता बढाउन र व्यवस्थापनमा सकस हुने खत्रीले नयाँ कोर्सलाई बताए । अहिले क्वारेन्टाइनमा २ जना महिला सहित ३५ जनाको सवै व्यवस्थापन वडाले नै गरेको छ ।

क्वारेन्टाइनमा आधारभुत सवै व्यवस्थापन गरेको बताउँदै वडा अध्यक्ष खत्रीले भने खाना,नास्ता र तातो चिसो पानीको प्रवन्ध राम्रो मिलाइ दिएको छु । प्रत्येकलाई म्याट्रिक्स,झुल र तन्नाको पनि ब्यबस्था वडाले गर्देको छ ।

प्रत्येक दिन सबै पार्टीका २ /२ जना क्वारेन्टाइनमा खटिने निर्णय भए पनी अहिले सम्म कसैको पनि सहयोग नपाएको गुनासो वडा अध्यक्ष खत्रीको छ । वडा नं ८ का धेरै भारतमै रहेकाले उनिहरु फर्केपछिको व्यवस्थापन जटिल बन्ने देखिन्छ । क्वारेन्टाइनमा बसेकाहरु प्रहरी,स्वास्थ्यकर्मी र वडाको निगरानीमा रहेको खत्रिले बताए ।

Nabintech