२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बागेश्वरी क्याम्पसको क्वारेन्टाइनमा ४४ जना

आधारभुत सवै सुविधा पाएको क्वारेन्टाइनमा बसेकाहरुको भनाई



कोहलपुर/ कोहलपुर नगरपालिकामा २ सय ९३ जना क्वारेन्टाइनहरुमा बसिरहेका छन् । कोहलपुर ११ मा रहेको बागेश्वरी बहुमुखी क्याम्पसमा मात्रै शनिवार बिहान सम्म ४४ जना बसेका छन् । उनिहरु सबै छिमेकी मुलुक भारतबाट रोजगारी गुमाएर आएका हुन् ।

क्याम्पसको क्वारेन्टाइनमा अहिले २ जना महिला सहित ४४ जना रहेको र कोहलपुर नगरपालिका भित्रका विभिन्न वडाहरुको स्थानीय भएको वडा नं ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले बताए । क्वारेन्टाइन ब्यवस्थापन सहित उनिहरुलाई खाना तथा नास्ताको सवै प्रवन्ध वडा कार्यालयबाट भैरहेको अध्यक्ष थापाले बताए ।

क्वारेन्टाइनमा वसेकाहरुको सुविधाको लागि खाने पानी, ट्वाइलेट बाथरुम र वाइफाइको ब्यवस्थापन राम्रो भएको थापाको भनाई
छ । हाल क्वारेन्टाइनमा कोहलपुर नगरपालिका वडा नं ४,५,६,९,१०,११,१२ र १५ का स्थानीयहरु भएकाले व्यवस्थापनमा समस्या हुन्छ कि भन्ने आशंका रहेको थापाको भनाई छ ।

क्वारेन्टाइनमा वसेकाहरुको खाना तथा नास्ता व्यवस्थापनमा अहोरात्र खटिने कार्यपालिका सदस्य कल्पना अधिकारीले प्राय समय क्वारेन्टाइनमा दिने गरेको बताइन् । उनले खाना नास्ता बनाउने देखि सवै कामहरुमा आफै अगुवाई गर्दै खटिरहेको नयाँ कोर्सलाई बताइन् । खाना तथा नास्ता बनाउँनका लागि २ जना सहयोगी राखिएको भए पनि कार्यपालिका सदस्य अधिकारी आफै खटि रहेको क्वारेन्टाइनमा बसेकाहरुको भनाई छ ।

करिव आधा दर्जन बढी वडाका स्थानीयहरु एकै ठाउँमा राख्दा क्वारेन्टाइन व्यवस्थापनमा समस्या देखिन सक्ने बताउँदै उनले भनिन् अझै भारत बाट आउने क्रम जारी छ । क्वारेन्टाइनको क्षमता भए पनि खाना नास्ताको व्यवस्थापनमा समस्या हुन सक्छ । अहिले नगरपालिकाले दाल चामल र तरकारी लगाएतका सामाग्रीहरुमा सहयोग गर्दै आइरहेको उनले बताइन् ।

क्वारेन्टाइनमा बसेकाहरुका लागी केही स्थानीयहरुबाट सहयो संकलन भैरहेको छ । अण्डा,मासु र तरकारीका लागि मसलाहरु सहयोग भएको छ ।कोहलपुर ११ का अर्जुन पनेरुले मासु,कुष्माखर बस्यालले अण्डा,लुम्वीनी मसला उद्योगले तरकारी मसला र दैलेखी सेवा समाजले एक विहानको नास्ता सहयोग गरेको अधिकारकिो भनाई छ ।

क्वारेन्टाइनमा बसेका सबैको प्रत्येक दिन स्वास्थ्यकर्मीहरुले दिनको एक पटक स्वास्थ्य परिक्षण गरिरहेका छन् । उनिहरु सबैको क्वारेन्टाइनमा बसेको १४ दिन पुगे पछि र्यापिड जाँच गर्ने र पोजेटिभ रिपोर्ट आएकाहरुको मात्रै पिसिआर जाँच गर्ने तयारी गरिरहेको कोहलपुर नगर स्वास्थ्य प्रमुख डिल्लीराजपोख्रेलले बताए ।

Nabintech