१० श्रावण २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राप्तीसोनारी ८ मा ट्रेसिङ्ग गरिदै


कोहलपुर/  वडा अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखको लापरवाहीका कारण रिर्पोट नआउदै घर पठाईएका राप्तीसोनारी ८ का कोरोना संक्रमितहरु सम्पर्क आएका घर परिवारको छिटै र्यापिड चेक गरिने प्रतिबद्धता बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जनाएका छन ।

राप्ती सोनारी ८ को शिवशक्ति माध्यामिक विद्यालय पेरनीको क्वारेन्टाईनमा बसेका २८ जनाको स्वाव चेक गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट आई नपुग्दा राप्ती सोनारी स्वास्थ्य शाखा प्रमुख बिष्णु चुदाली र राप्ती सोनारी ८ का वडा अध्यक्ष खुम बहादुर बस्नेतले क्वारेन्टाईनमा बसेका सबैलाई घर पठाईदिएका थिए । ७ जना पोजेटिभ देखिएका मध्ये १ जना स्वयम् वडा अध्यक्ष खुम बहादुर बस्नेत हुन ।

अपराहन्न घर पाठाईएका उनिहरु मध्ये ७ जनाको रिपोर्ट पोजेटि आएको थियो । हाल उनिहरु शिवशक्ति माध्यामिक विद्यालयको अलग अलग भवनमा रहेको क्वारेन्टाईन र आईसुलेसनमा बसेका छन ।

प्रमुख जिल्ला अधिकारी कुरुवाङले उक्त घटनामा दोसी पाईएका लाई तत्काल संकटका समयमा कार्यवाही नगर्ने र महामारी पछि आवश्यक कार्यवाही सोच बनाएको श्रोतले बताएको छ ।

प्रजिअ कुरुम्वाङले हाल आईसुलेसन र क्वारेन्टाईन दुवै रहेको शिवशक्ति मा.बि पेरानीलाई आईसुलेसन कक्ष मात्रै बनाउन पालिकालाई निर्देशन दिएका

छन । उनले क्वारेन्टाईनमा बसेकाहरु लाई अन्यत्र सारेर आईसुलेसन मात्र बनाउन निर्देशन दिएको पत्रकार शिराज खानले जानकारी दिए ।

संक्रमितको सम्पर्कमा आएका परिवारका सदस्यहरुलाई होम क्वारेन्टाईनमा बस्न आग्रह गरिएको र छिटै र्यापिड जाँच गरिने कोरोना महामारी नियन्त्रण फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

Nabintech