२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
गुरुङ्ग राष्ट्रिय परिषद कोहलपुरद्धारा क्वारेन्टाईनमा सहयोग


कोहलपुर/  कोहलपुरका क्वारेन्टाईनहरुमा समुदाय स्तरबाट सहयोग जुट्न सुरु भएको छ । नयाँ कोर्स अनलाईनमा समुदाय स्तरबाट क्वारेन्टाईनहरु व्यवस्थान भएको बारे समाचार प्रकाशित भएपछि सहयोग जुटने क्रम बढदै गएको हो ।

सोही क्रममा शनिवार तमु ह्यूल छोँज धिं गुरुङ्ग राष्ट्रिय परिषद कोहलपुर इकाईले क्वारेन्टाईनमा बसेका ब्यक्तिहरुको सहजताका लागि ड्रम , फलफुल र खाद्य सामाग्री सहयोग गरेको छ । कोहलपर नगरपालिका वडा नं २ लक्ष्मी मा.बि.मा रहेको क्वारेन्टीनमा ५ सय लिटरको ड्रम एक थान, बाल्टिन, जग र बिस्कुट , चिउरा , चामल र फलफुल सहयोग गरेहको गुरुङ्ग राष्ट्रिय परिषद कोहलपुरका अध्यक्ष कोहलपुर ६ निवासी शेर बहादुर गुरुंङले बताए । उनले क्वारेन्टाई ब्यबस्थापन गर्नका लागि सबै राज्यको भर पर्नु भन्दा जजस्ले जहाबाट सहयोग गर्दा पनि हुने भएको हुदा आफ्नो समुदायले सहयोग गरेको बताए ।
सहयोग हस्तान्तरण पश्चात वडा नं २ का अध्यक्ष कर्ण बहादुर बिसीले यस्ता खालका सहयोगले क्वारेन्टाईनमा बस्ने ब्यक्तिहरुलाई सहज हुने र उनीहरुको सुबिधाका लागि सबै लाग्नु पर्ने बताए । आगामी दिनहरुमा पनि सबैको साथ र सहयोगको खाँचो रहेको समेत बताए ।

आजै गुरुङ समुदायका बिपन्न र निम्न आय स्तर भएका दुई घर परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । गुरुंग राष्ट्र्यि परिषद कोहलपुरले कोहलपुर वडा नं २ मा बस्ने दुई घर परिवारलाई २५ किलो चामल, ५ किलो दाल, २किलो नुन, ७ पोका तेल, र ६ वटा साबुन दिएको थियो ।
हस्तान्तरण कार्यक्रममा गुरुंग राष्ट्रिय परिषद कोहलपुर इकाईका संस्थापक अध्यक्ष नैन बहादुर गुरुङ्ग, संस्थापक कोषध्यक्ष महेन्द्र गुरुङ्ग, गुम्बा निर्माण का अध्यक्ष आशा घर्ती र संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो ।

यस्तै कोहलपुर २ मा रहेको सोही क्वारेन्टाईनमा नेपाली काँग्रेस कोहलपुर २ ले खाद्यान्न सहयोग गरेको छ । १ कुन्टर चमल तेल , दाल लगायतका खाद्य सामाग्री हस्तान्तरण गरेको काँग्रेस कोहलपुर नगर प्रवक्ता यज्ञ महाराले जानकारी दिए ।

Nabintech