२ माघ २०७७, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सिडियो साप ! नेपालगञ्ज र कोहलपुर बिच विभेद किन ?


कोहलपुर/  कोहलपुर क्षेत्रका उद्योगी व्यवसायीहरुले लक डाउनका नाममा नेपालगंज र कोहलपुरमा पनि बिभेद भएको गुनासो भएको बताएका छन । शुक्रवार कोहलपुर उद्योग बाणिज्य संघमा आयोजित एक कार्यक्रममा व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन ।

उनिहरुले लकडाउनमा नेपालगञ्ज क्षेत्रमा व्यवसाय सञ्चालनमा खुकुलो भएपनि कोहलपुरमा कडाई गर्दा व्यवसायी समस्ययामा परेको कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र अधिकारीले गुनासो गरे । उनले लक डाउनको पालना गर्न आफु प्रतिबद्ध रहेको बताउँदै कोहलपुर र नेपालगञ्जमा बिभेद नगर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी राम कुमार कुरुवाङले देशमै सकट ग्रस्त जिल्ला बाँकेमा लक डाउनलाई थप कडाई गरिने बताए । उनले कोहलपुर र नेपालगंजमा एकै खाले नियम लागु हुने जानकारी दिए ।

उनले आफु प्रमुख रहेको जिल्लामा तस्करी र कालो बजारी पुर्ण नियन्त्रण गर्ने प्रतिबद्धता जनाए । उनले निजी क्षेत्रसंग सहकार्य गरेर काम गर्ने बताउँदै सरकार र निजी क्षेत्र एक अर्काको साझेदार भएर काम गनुपर्ने धारणा राखे ।

Nabintech