२५ फाल्गुन २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
ओलि नेतृत्वको सरकारले दलित समुदायको विश्वास गुमायो–नेता विश्वकर्मा


कोहलपुर/ नेपाल दलित मुक्ति संगठन ५ नं प्रदेश सह ईन्चार्ज पुजन बिश्वकर्माले ६० लाख दलित समुदायको विश्वास वर्तमान केपी ओलि नेतृत्वको सरकारले गुमाएको बताएका छन ।

पश्चिम रुकुमको चैरजाहारी नगरपालिका ८ सोति गाउँमा भएको घटनाको स्थलगत अध्यन प्रतिवेदन सार्वजकिन गर्ने क्रममा नेकपाका ५ नं प्रदेश सदस्य समेत रहेका बिश्वकर्माले यस्तो बताएका हुन ।

उनले हत्यको बिस्तृत अध्यन र दोशिलाई कारवाही नहुदै प्रशसनले जर्वजस्त नवराज बि क लगायतको शबको अन्तीम संस्कार गर्न लगायतर दलित समुदायको घोर अपमान गरेको बताए ।

उनले दलित माथिको बिभेद जारी रहेकाले अव जनसंस्याको आधारमा दलित समुदायको समानुपातिक प्रतिनिधीत्व नहुदा सम्म आन्दोलन जारी रहने घोषणा गरे । उनले घटनाको हप्ता दिन हुँदा सम्म सरकारको नेतृत्व गरेका केपि ओली र गृह मन्त्री राम बहादुर थापाले सरकारको धारणा सार्वजनिक नगरेको भन्दै आक्रोस व्यक्त गरे ।

अधिकारकर्मी धर्म लाल रोकायले आफुहरुको पहलमा घटनामा सम्लग्नहरु मध्ये २० जना बिरुद्ध किटानि जाहेरी दिईएको जानकारी दिए ।
प्रतिबेदनमा घटनामा सम्लग्नलाई सर्वश्व सहित आजिवन कारावास , सरकारी छानबिन समिति दलित समुदायको संयोजकत्व र सर्वदलिय हुनु पर्ने , घटनामा मृत्यु भएकाहरुलाई सहिद घोषणा , र नेकपाका जाजरकोट जिल्ला अध्यक्षलाई कार्यवाही गनुपर्ने लगायतका माग राखिएको छ ।

स्थलगत अध्यन समितिका सदस्य भिम पौडेलले रुकुम घटना , कर्णाली प्रदेशका पत्रकारहरुले लुकाउन खोजेको भन्दै आक्रोस व्यक्त गरेका थिए ।
अध्यन टोलिमा दलित अधिकारकर्मी, सञ्चारकर्मी , राजनितिज्ञ लगायतको सहभागिता रहेको दाबि गरिएको छ ।

Nabintech