१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
निजी क्षेत्रका स्वास्थ्य प्रतिष्ठानले सहयोग गरेनन् : सांसद खरेल


कोहलपुर/  शिक्षा र स्वास्थ्य सरकारी नियन्त्रितनै हुुन पर्ने प्रदेश नं. ५ का सांसद इन्द्रप्रसाद खरेल आइपीले प्रदेश सभामा आफ्नो धारणा राख्नु भएको छ । नेकपा बाँकेका अध्यक्ष समेत रहनु भएका खरेलले कोरोनाका कारण विश्व महामारीसँग संघर्ष गरिरहेको समयमा यस प्रकारको महसुुश भएको बताउनु भएको छ ।
बाँकेका मान्छेलाई (बुटवलका) घरभेटीले बस्न दिएनन् । रोकसँग लड्ने क्षमताको विकास गर्ने हो । सुरक्षा अपनाउने हो, घरभेटीले भाडा लिने अनि घरमा बस्न नदिने सरकार चुप लाग्ने उहाँले भन्नु भयो पीडितलाई पीडा दिने काम नहोस् ।
प्रदेश नं. ५ सरकारको नीति तथा कार्यक्रमका विषयमा बोल्दै खरेलले स्वास्थ्य संस्था पूर्ण रुपमा सरकारी नभएको कारण कोरोनाको महामारी नियन्त्रणमा सरकारलाई अप्ठेरो भएको बताउनु भयो । सभामा बोल्दै सांसद खरेलले निजी क्षेत्रका स्वास्थ्य प्रतिष्ठानले सहयोग नगरेको उहाँ भनाइ रहेको छ । नागरिकलाई खुल्ला आकासमा समेत राखेर क्वारेन्टाइनको व्यवस्थापन गर्नु परेको अनुभव सुनाउदै उहाँले जति सुकै र जस्तो सुकै अवस्थामा नागरिकले अप्ठेरोमा आफ्नो जन्मभुमि संझने बताउनु भयो । भारतले कोरोना संक्रमण पश्चात विना उपचार नेपाली नागरिक नेपाल तर्फ बलजस्ती पठाउने र व्यवस्थापनमा राज्यका अंगहरुले असहयोग गरिरहेको सन्दर्भमा यदी सरकारी नियन्त्रणमा शिक्षा र स्वास्थ्य भए आज भारतबाट प्रवेश गर्ने नागरिकले दुख पाउनु पर्ने अवस्था हुने थिएन भन्नु भयो ।
मुख्यमन्त्रीले कोरोना नियन्त्रणका लागि विशेषपहल कदमी बढाउने तर मन्त्री र राज्यका जिल्लाका तहका उच्च पदस्त कर्मचारीले सही सूचना नलिने भएकोले कोरोना संक्रमण बढेको समेत बताउनु भयोे ।

Nabintech