७ माघ २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
चीनले नेपालसँगको छलफलपछि सगरमाथाको उचाइ घोषणा गर्ने


कोहलपुर/  चीनले सर्वोच्च शिखर सगरमाथाको उचाई पुनस्मापन गरेको छ। प्राविधिकहरूको आठ सदस्यीय आरोहण बुधबार सगरमाथाको चुचुरोमा पुगेर आवश्यक तथ्यांक संकलन गरेको हो।

नेपाल र चीनबीचको छलफलपछि मात्रै उचाईको घोषणा मिति तय गरिने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। उचाई मापनकै क्रममा नेपाली टोली पनि गत वर्ष सगरमाथाको चुचुरोमा पुगेको थियो। सिन्ह्वासँग कुराकानीमा भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले भनेकी छन्, हामी पनि लगभग यो प्रक्रियाको अन्त्यमा छौं। हामी चिनियाँ पक्षतर्फ भएको प्रगतिको प्रतीक्षा गरिराखेका छौं।ु आपसी छलफलपछि संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्ने दुई देशको सहमति छ।

नेपाल–चीनबीच गत कार्तिक महिनामा भएको सहमति अनुरुप दुवै देशका वैज्ञानिकहरूले आ–आफ्नो सीमा क्षेत्रबाट उचाइ मापनको प्रक्रिया थालेका थिए। नेपालका तर्फबाट नापी अधिकृत खिमलाल गौतमको टोली चुचुरोमा पुगेको थियो। गत वर्ष भएको उक्त आरोहणका क्रममा गौतमले बायाँ गोडाको बुढीऔंला गुमाएका थिए। चिनियाँ सर्वे टोलीको सफलतामा खुसी व्यक्त गर्दै गौतमले भनेका छन्, यो संसारभरका नापी–प्राविधिकहरूले गर्व गर्नुपर्ने विषय हो।

चिनियाँ नापी दलले प्रत्यक्ष गुरुत्वाकर्षण शक्तिको मापन गरे कि गरेनन् भन्‍नेमा मलाई निकै कौतुहलता भइरहेको छ। नेपाल अहिले डेटा–प्रोसेसिङको चरणमा छ, हामी छिट्टै उचाइको घोषणा गर्ने स्थितिमा हुनेछौुं, उचाइ मापन कार्यक्रमका संयोजक शुशिल डंगोलले भने। ७२ सालको भूकम्पपश्चात सगरमाथाको उचाइ घटेको टिप्पणी हुन थालेपछि उचाइ मापन कार्यक्रमलाई दुवै देशले प्राथमिकतामा राखेका थिए।

Nabintech