११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर १ को क्वारेन्टाइनमा बसेकाको पिसीआर चेक गर्न माग


कोहलपुर/ कोहलपुर नगरपालिका वडा नं १ को क्वारेन्टनइनमा ८ जना बसिरहेका छन् । रोजगारी गर्न भारत गएका उनिहरु कोरोनाको कहरसँगै सिमा नाका हुँदै नेपाल भित्रिए पछि वडा कार्यालयले क्वारेन्टाइनमा राखेको हो । वडा नं १ मा रहेको कृष्ण माध्यामिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा वडा कार्यालय,एक जना प्रहरी र स्वास्थ्यकर्मीको निगरानिमा उनिहरुलाई राखिएको वडा अध्यक्ष गोपी खनालले बताए ।

क्वारेन्टाइनमा बसेका उनिहरुको संख्या अहिले कम भएकाले खाना तथा नास्ताको प्रवन्ध वडाले उनिहरुको घरमै गरिरहेकाले खाना नास्ता आफन्तले क्वारेन्टाइनमै पुर्याईरहेको वडा अध्यक्ष खनालले बताए । क्वारेन्टाइनमा बसेका उनिहरुलाई कडा निगरानीमा राखिएकाले टाढैबाट दुरी कायम गर्दै आफन्तले खाना नास्ता दिइरहेका छन् उनले भने– क्वारेन्टाईनको अवस्था बुझन दैनिक रुपमा क्वारेन्टाईन्मा पुग्ने गरेको छु ।

अझै सिमानाका हुँदै वडाका स्थानीयहरु आउने खबर आइरहेकाले क्वारेन्टाइन थप व्यवस्थित गर्दै लैजाने तयारीमा जुटेको वडा अध्यक्ष खनालले बताए ।
क्वारेन्टाईन निर्माणका लागि बिद्यालयले भौतिक संरचना र कोहलपुर नगरपालिकाले पि फर्म दिएर सहयोग गरेको छ । उनले क्वारेन्टाईनमा थप सुबिधा युक्त बनाउन र पिसीआर चेकका लागि नगरपालिकाले पहल गरिदिन कोहलपुर नगरपालिका प्रमुख रावतसंग आग्रह गरिएको उनले बताए  ।

Nabintech