१० असार २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना संक्रमितलाई घर पठाएपछि राप्ती सोनारी ८ उच्च जोखिममा

वडा अध्यक्ष र स्वास्थ्य शाखाको चरम लापरवाही , एक अर्का माथी दोषारोपण



फाईल तस्वीर

कोहलपुर/  राप्ती सोनारी गाउँपालिका वडा नं ८ का वडा अध्यक्षका कारण सो वडा भरिनै आँतक सृजना भएको छ ।
राप्ती सोनारी ८ मा रहेको शिव शक्ति मावि पेरानी क्वारेन्टाईनमा रहेका मानिसहरुलाई पि सि आर जाँचको रिर्पोट नआउँर्दै घर पठाएका कारण वडामा आँतक सृजना भएको हो । २८ जना रहेको सो क्वारेनटाईनमा रहेका मध्ये ७ जनाको पोजेटिभ रिर्पोट आएपछि गाँउमा आतक सृजना भएको हो ।
७ मध्ये ५ जना सोही वडाका बालापुर गाउँका ४ जना, सोही वडाका वडा अध्यक्ष र २ जना राप्ती सोनारी २ का बासिन्दा हुन । अन्यको रिपोर्ट आउन बाँकी छ ।

पोजेटिभ देखिएका लगायत क्वोन्टाईनमा बसेका सबैलाई वडा अध्यक्ष खुम बहादुर बस्नेतले दिउँसो घर पठाईदिएकोमा अपरान्ह ४ बजे स्वास्थ्य मन्त्रालयले रिपोर्ट सार्वजनिक गर्दा क्वारेन्टाईनमा बसेका मध्ये ७ जनाको रिर्पोट पोजेटिभ आएको थियो । आधिकारिक रिर्पोट नआउँदै घर पाठाइएकाहरु अहिले सम्म क्वारेन्टाइनमा ल्याइएको छैन । ७ जना पोजेटिभलाई पुन क्वारेन्टाईनमा ल्याईएको भएपनि उनिहरु संगै बसेका अन्य २१ गाउँ गाउँमा खुल्लेयाम हिडिरहेका छन् । उनीहरुलाई क्वारेन्टाइनमा ल्याउने बिषयमा गाउँपालिका, प्रहरी प्रशासनले कुनै चासो दिएको छैन । ७ जनामा पोजेटिभ देखिदा पनि उक्त वडाको सम्शेरगन्ज बजार खुलेका छन् ।

नेकपा राप्ती सोनारी गाउँपालिका सचिव मनोज के.सीले वडा न. ८ लगायत राप्ती सोनारी तत्काल सिल गरेर उच्च स्तरको स्वस्थ्य सेवा सुरु गर्न आग्रह गरेका छन् । उनले परिक्षणको दायरा बढाउँन माग गर्दै राप्ती सोनारीका बासिन्दाहरु सबै सजक रहन आग्रह समेत गरेका छन् ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु चुडालीले रिपोर्ट आउनु पुर्व वडा अध्यक्ष बस्नेतले उनिहरु लाई घर पठाईदिएको जानकारी दिए । चुडालिका अनुसार सक्रमित पुष्टी भएका उनिहरु दिउँसो घर गएको र राति १० बजे पुनः क्वारेन्टाईनमा राखिएको जानकारी दिए ।

वडा अध्यक्ष बस्नेतले भने स्वाथ्य शाखाको कमजोरीका कारण उक्त घटना भएको बताए । उनले स्वस्थ्य शाखा प्रमुखले रिपोर्ट नेगेटिभ आएको बताएपछि आफुले सबैजनालाई घर पठाएको दाबि गरेका छन । सात जनामा पोजेटिभ रिपोर्ट आए संगै राप्ती सोनारीमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।
राप्ती सोनारीको वडा न. २ मा २ जना, वडा न. ७ मा २ जना, वडा न. ८ मा ५ जना र वडा न. ९ मा २ जना गरि ११ जना संक्रमित पुगेका हुन ।

 

Nabintech