१२ मंसिर २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा बेवारीसे लोड गरेको हतियार भेटियो


कोहलपुर/  लक डाउनको समयमा कोहलपुर क्षेत्रका सामुदायिक बनहरुमा चोरी सिकारीका घटना बढ्ेका छन ।
केहि समय पहिले कोहलपुर ८ को एक सामुदायीक बनमा एक जना पासोमा परेर गम्भीर घाईते भएका थिए भने बिहीवार सशस्त्र प्रहरीले सोही वडा बाट २ नाल लोड भएको हतियार बरामद गरेको छ ।

शसस्त्र प्रहरी बल नेपाल नं ५४ गुल्म हेडक्वाटर राजस्व चुहावट नियन्त्रण गुल्म कैलाली हाल कोहलपुर बाँके बाट खटि गएको टोलिले कोहलपुर ८ को सितलछायाँ सामुदायिक बन नजिक सिक्टा सिचाई नहरको पुल मुनि लुकाई राखेको लोड गरेको अवस्थाको २ नाथ भरुवा बन्दुक बरामद गरेको शसस्त्र प्रहरीका डिएसपी श्याम कुमार कार्कीले जानकारी दिए ।

डिएसपी कार्कीका अनुसार सुराकीका आधारमा सो स्थान बाट भरुवा बन्दुकमा प्रयोग हुने बारुद र छर्रा लगायतका समाग्री बरामद गरेको बरामद गरेको छ ।  वन क्षेत्रमा सिकार खेल्ने प्रयोजनका लागि हतियार लुकाएर राखेको हुन सक्ने कार्कीले नयाँ कोर्सलाई बताए ।

Nabintech