२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मदन भण्डारी फाउण्डेशन प्रदेश ५ कमिटीको भर्चुअल बैठक सम्पन्न


कोहलपुर/ मदन भण्डारी फाउण्डेशन प्रदेश ५ कमिटीको भर्चुअल बैठक सम्पन्न भएको छ । मदन भण्डारी फाउण्डेशन प्रदेश ५ कमिटीका अध्यक्ष सूर्य ढकालको अध्यक्षता र मदन भण्डारी फाण्डेशनका केन्द्रीय सचिव पेम्मा लामाको प्रमुख अथित्यमा अलनाइनबाट पदाधिकारीको बैठक आज बुधवार सम्पन्न भएको हो । बैठकले यहि मिति २०७७ असार १४ गते जननेता मदन भण्डारीको ६८ औ मदन जयन्ती विभिन्न कार्यक्रमहरुका साथ मनाउने निर्णय गरेको अध्यक्ष ढकालले बताए ।

बैठकले यहि असार १३ गते मदन जयन्तीको सन्दर्भमा मदन भण्डारी फाउन्डेशन प्रदेश कमिटीको आयोजनामा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यमा “मदन भण्डारी, देशको अर्थतन्त्र र कोभिड–१९ बाट सिक्ने पाठहरु’’ विषयक विचार गोष्ठीको आयोजना गर्ने निर्णय गरेको ढकालले नयाँ कोर्सलाई बताए ।

यसैगरी भर्चुअल बैठकले असार १४ गते सबै जिल्लाहरुले आफ्नो घर वरिपरि वा आफनो जमिनमा फलफुलका विरुवाहरु (आप,कटहर,मेवा कागत,केरा,अनार,बेलाउती सुन्तला,लिची या अरु कुनै) अनिवार्य अभियानकै रुपमा विरुवाहरु रोप्ने,समृद्ध नेपाल सुखी नेपाली नामक पुस्तक असार १४ भित्र प्रकाशित गर्ने,अहिले कोरोना भाइरसको कारण थप रगतको समस्या पर्ने भएको हुँदा विगत झै यस पटक पनि सबै जिल्लामा रत्तदान गर्ने कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले सबै जिल्ला कमिटीहरुको (मदन भण्डारी फाउन्डेशन,मदन भण्डारी कला साहित्य,मदन भण्डारी बौदिक मन्त्र र मदन भण्डारी स्पोर्टस एकडेमी) अनलाइनबाट बैठकको आयोजना गर्ने र कोरोना कोभिड–१९ को सङ्क्रमण नेपालमा फैलिरहेको अवस्था भएकाले प्रदेश नम्वर ५ मा
सीमानाकाबाट आउनेहरुलाई सीमानामै आरडीटी र पिसिआर जाँच गर्ने व्यवस्था मिलाउन संघ र प्रदेश ५ प्रदेश सरकार सँग जोडदार माग गर्दै ,कोरोना संक्रमन प्रदेश नम्वर ५ मा नियन्त्रण भन्दा बाहिर जाने खतरा उतिकै रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेको छ ।

Nabintech