१० असार २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कार्यपालिका सदस्य नारायणी वलीको संकटमा सक्रियता


कोहलपुर/  कोहलपुर नगरपालिका वडा नं १२ को ज्ञान ज्योती माध्यामिक विद्यालय चप्परगौडीको क्वारेन्टाईनमा एक बिहानै नारायणी वलि भेटिईन् । कोहलपुर नगरपालिकाकी कार्यपालिका सदस्य समेत रहेकी नरायाणी वलीको दिनचर्य क्वारेन्टाईनमा बित्ने गरेको छ ।
रातिको समयमा समेत क्वोन्टाईनमै बस्ने वलि एका बिहानै क्वारेन्टाईनमा बसेका २४ जानलाई योगा गराउन व्यस्त हुन्छीन । योगा चिया बिस्कुट चना र अण्डा नास्ताको रुपमा बनाएर उनिहरु लाई खुवाउछिन ।

चिया नास्ता खुवाए लगत्तै खानाको तयारीमा वलि जुटने गर्छिन् । वलिलाई स्थानीय २ महिलाले सम्पुर्ण कार्यमा सघाउने गरेका छन ।
कोहलपुर १२ मा हाल वडा अध्यक्ष पद रिक्त रहेर कार्यवाहकको भरमा वडा चलेको भएपनि वलिले सकटका अवसरमा वडाको नेतृत्व गदै १२ र १३ का जनताको सेवामा जुटेकी छन ।  रातको समयमा समेत सोहि बिद्यालयमा सुत्ने वलीले सकटको समयमा वडावासिलाई सेवा गर्न पाउदा आफु खुसि रहेको
बताउछिन ।

वडा स्तरमा क्वारेन्टाईन बनाउने निर्णयसंगै आफ्ना घरका र अन्य गाउँमा भाडा कुडा जम्मा पारेर खाना खाजा खुवाउने अभियानमा उनि जुटेकी हुन ।
उनले केही वडा कार्यालय र केही व्यक्तिगत तवरबाट चामल दाल तरकारी संकलन गरि मेस सञ्चालन गरिएको जानकारी दिईन । क्वारेन्टाईन निर्माणका लागि बिद्यालयले भौतिक सरचना दिएर सहयोग गरेको र कोहलपुर नगरपालिकाले पि फर्म र झुल दिएर सहयोग गरेको नयाँ कोर्सलाई बताईन ।

क्वारेन्टाईनको अवस्था बारेमा दैनिक रुपमा क्वारेन्टाईन्मा पुगेर कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले हौसल्ला प्रदान गर्ने गरेको वलिको भनाई
छ । उनले क्वारेन्टाईनमा थप सुबिधा युक्त बनाउन र पिसीआर चेकका लागि नगरपालिकाले पहल गरिदिन कोहलपुर नगरपालिका प्रमुख रावत संग आग्रह गरिएको उनले बताईन । रावतले छिटो भन्दा छिटो जाँचका लागि सम्वन्धीत निकायलाई आग्रह गरिएको रावतले बताएको वलिले जानकारी दिईन । क्वारेन्टाईनमा वसेकाहरुको दैनिक स्वाथ्य जाँच समेत गर्ने गरिएको छ ।

Nabintech