९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेको खजुरा गाउँपालिकाले ९० बेडको आईसोलेसन केन्द्र बनाउदैं


कोहलपुर/ बाँकेको खजुरा गाउँपालिकाले ९० बेडको आईसोलोसन केन्द्र निर्माण सुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरास्थित जनक शिक्षा सामाग्री केन्द्रको भवनमा ४० वेडको आईसोलेसन केन्द्र तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । प्रेस संगठन बाँकेले बुधबार आयोजना गरेको भर्चुअल मिट द प्रेस कार्यक्रममा अध्यक्ष कक्षपतिले जनक शिक्षा सामग्री केन्द्रमा हाल आईसोलेसन निर्माण कार्य द्रुतगतिमा भईरहेको बताउनुभयो । खजुरामा प्रदेश सरकारले सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई आईसोलेसन अस्पतालको रुपमा सञ्चालन गरिरहेको छ । अध्यक्ष कक्षपतिले ज्ञानोदय नमूना मावि र जनता नमुना माविलाई २५/२५ वेडको आईसोलेसन केन्द्रको रुपमा तयार गरिने बताउनुभयो ।

खजुराका क्वारेन्टाईनमा सातसय बढि भारतबाट फर्केका नागरिकहरु बसिरहेको भन्दै अध्यक्ष कक्षपतिले यो संख्या तिनहजार सम्म पुग्न सक्ने अनुमान गरिएको बताउनुभयो । क्वारेन्टाईनमा बसेकाहरुलाई नास्ताको ब्यवस्था गरिएको छ , अध्यक्ष कक्षपतिले भन्नुभयो,– खानाको ब्यवस्थाका लागि बैठक बस्यौं, तर बजेटले धान्न सकेन, क्वारेन्टाईनमा बसेका कमजोर आर्थिक अवस्था भएका ब्यक्तिका लागि घरमै खाद्यान्न पुरयाउने तयारी गरिरहेका छौं ।

Nabintech