कोहलपुर/ राप्तीसोनारी गाँउपालिका वडा नं ८ मा रहेको शिवशक्ति माध्यामिक विद्यालयको चार कोठे पक्की भवनको शिलन्यास गरिएको छ । बुधवार एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओपेन्द्र बहादुर खड्काले विद्यालयको चार कोठे भवनको शिलन्यास गरेका हुन् ।
संघयि साँसद स्थानीय विकास साझेदारी कार्यक्रम अन्तर्गत बाँके क्षेत्र नं १ का संघीय साँसद महेश्वर गहतराज (अथक)को पहलमा ३५ लाख र राप्तीसोनारी गाँउपालिकाको ७ लाख गरी ४२ लाखमा विद्यालयको चार कोठे पक्की भवन निर्माण हुन लागेको नेकपा राप्तीसोनारीका सचिव मनोज के.सी.ले बताए ।
राप्तीसोनारी गाउँपालकिाको पुरानो सामूदायिक विद्यालयको रुपमा रहेको सो विद्यालयको भवन निर्माण पछि शैक्षिक सुधारका कामहरु हुने भन्दै स्थानीयहरुले खुसि व्यक्त गरेका छन् ।
बाँके निर्वाचन क्षेत्र नं १ मा सामूदायीक विद्यालयहरुको भौतिक पुर्वाधार सुधार अन्तर्गत सो विद्यालयमा चार कोठे पक्की भवन निर्माण हुन लागेको बाँके क्षेत्र नं १ का संघीय साँसद अथकले नयाँ कोर्सलाई बताए ।