३० आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बैंकका अस्थायी तथा करार कर्मचारी पुनर्वहाली गर


कोहलपुर/ बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुलाई लकडाउन पछि जागिरबाट हटाइएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघ फियनले आपत्ति जनाएको छ । फियनले बुधबार प्रेस विज्ञप्ती जारी गरी जागिरबाट हटाइएकोप्रति आपत्ति जनाउदै अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुलाई पुनर्वहाली गर्न माग गरेको छ ।

खासगरी बीमा कम्पनीहरुले यसरी जागिरबाट धेरै कर्मचारीहरुलाई निकालेको फियनले जनाएको छ । ‘केही जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कोभिड–१९ द्वारा सृजित यस विषम परिस्थितिमा कर्मचारीहरुलाई सुरक्षित गराई उच्च मनोबलका साथ कार्य गर्ने वातावरण सृजना गराउनुको सट्टा जागिरबाट हटाई कर्मचारीहरुको रोजी–रोटी खोसेकोले बीमा समितिको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ’ फियनको विज्ञप्तीमा भनिएको छ, ‘जागिरबाट हटाइएका कर्मचारीहरुलाई तत्काल पुनर्वहाली गर्न सम्बन्धित बीमा कम्पनीहरुलाई अनुरोध गर्दछौँ, साथै, बीमा समितिबाट समेत जागिरबाट बिमुख गराइएका कर्मचारीहरुको पुनर्वहाली गर्ने सम्बन्धमा तत्काल आवश्यक निर्देशन जारी गरियोेस् ।’

बैंक तथा वित्तीय संस्थाहरुमा पनि यस महामारीको समयमा कर्मचारीहरुलाई सेवाबाट विमुख गर्ने कार्य भइरहेको भन्दै जागिरबाट हटाइएका कर्मचारीहरुलाई तत्कालै पुनर्वहाली गर्न समेत फियनले माग गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट पनि यस विषम परिस्थितिमा जागिरबाट हटाइएका कर्मचारीहरुलाई तत्काल पुर्नवहाली गर्न तथा अब उप्रान्त कर्मचारी हटाउने निर्णय नगर्न आवश्यक निर्देशन दिनु पर्ने उसको माग छ ।

यस्तो छ फियनको ९ बुँदे मागः
१. कोरोना महामारीबाट हुनसक्ने जोखिमबाट सुरक्षा प्रदान गर्न सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका कर्मचारी तथा निजका आश्रित÷एकाघर परिवारका सदस्यहरुको अनिवार्य कोरोना बीमा गर्ने व्यवस्था सम्बन्धित संस्थाले गर्नुपर्ने । यसरी बीमा बापत गरिएको खर्चलाई संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व शिर्षक अन्र्तगत खर्च गर्न पाउने व्यवस्थाको लागि नियामक निकायबाट अविलम्व निर्देशन जारी गरियोस् ।

२. बीमा समितिले मिति २०७७/०२र०७ गते ईजाजतपत्रप्राप्त सबै बीमा कम्पनीहरुलाई व्यवस्थापन खर्च न्युनिकरण गर्ने सम्बन्धमा गरेको परिपत्र बमोजिम केही जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कोभिड–१९ द्वारा सृजित यस विषम परिस्थितिमा कर्मचारीहरुलाई सुरक्षित गराई उच्च मनोबलका साथ कार्य गर्ने वातावरण सृजना गराउनुको सट्टा जागिरबाट हटाई कर्मचारीहरुको रोजी–रोटी खोसेकोले बीमा समितिको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।

साथै, जागिरबाट हटाइएका कर्मचारीहरुलाई तत्काल पुनर्वहाली गर्न सम्बन्धित बीमा कम्पनीहरुलाई अनुरोध गर्दछौँ । साथै, बीमा समितिबाट समेत जागिरबाट बिमुख गराइएका कर्मचारीहरुको पुनर्वहाली गर्ने सम्बन्धमा तत्काल आवश्यक निर्देशन जारी गरियोेस् ।

३. बैंक तथा वित्तीय संस्थाहरुमा पनि यस महामारीको समयमा कर्मचारीहरुलाई सेवाबाट विमुख गर्ने कार्य भइरहेको हुँदा जागिरबाट हटाइएका कर्मचारीहरुलाई पुनर्वहाली गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको गम्भीर ध्यानाकर्षण गराउँदछौँ । साथै, नेपाल राष्ट्र बैंकबाट पनि यस विषम परिस्थितिमा जागिरबाट हटाइएका कर्मचारीहरुलाई तत्काल पुर्नवहाली गर्न तथा अब उप्रान्त कर्मचारी हटाउने निर्णय नगर्न आवश्यक निर्देशन दिइयोस् ।

४. देशका अधिकांश लघुवित्त वित्तीय संस्था लगायत ग्रामीण बिकास लघुवित्त वित्तीय संस्थामा फिल्डमा गई ग्राहकहरुसंग प्रत्यक्ष सम्पर्कमा रही कार्य गर्नुपर्ने र सम्बन्धित लघुवित्त संस्थाहरुबाट आवश्यक स्वास्थ्य सामाग्रीहरुको यथोचित व्यवस्था तथा बीमा सुरक्षा व्यवस्था र अन्य स्वास्थ्य सुरक्षाको प्रबन्ध सम्बन्धित संस्थाबाट अविलम्व व्यवस्था गरियोस् । सो सम्वन्धमा नियामक निकायबाट समेत आवश्यक निर्देशन प्रदान गरियोस् ।

५. कोरोना भाइरसद्वारा सृजित विषम परिस्थितिमा नेपाल धितोपत्र बोर्डद्वारा इजाजतपत्र प्रदान गरिएका संंस्थाहरुमा कार्यरत कर्मचारीहरुकोे सेवा तथा सेवाशर्तको सुरक्षा एवं संस्थागत समस्याहरुको समाधान गर्ने सम्बन्धमा नेपाल धितोपत्र बोर्डबाट आवश्यक निर्देशन जारी गरियोस् ।

६. महामारीको यस कठिन समयमा पनि अत्यावश्यक सेवा प्रदायक संस्थाको रुपमा रहेको वित्तीय संस्थाहरुको सेवा प्रवाहका लागि कार्यरत कर्मचारीहरु कोभिड–१९ को उच्च जोखिममा रहेकोले यस क्षेत्रमा कार्यरत कर्मचारीहरुको अनिवायकोडिभ–१९ को पीसीआर टेष्ट गर्ने व्यवस्था मिलाइयोस् ।

७. नेपाल सरकारद्वारा आगामी २०७७ जेठ १५ गते संसदमा पेश हुन गइरहेको २०७७र०७८ को वार्षिक बजेटमा यसै विज्ञप्तिमा उल्लिखित मुद्दाहरु समेत समावेश गरी समग्र वित्तीय क्षेत्रको सुरक्षा तथा यस क्षेत्रका कर्मचारीहरुको पेशागत सुरक्षाको लागि आवश्यक कार्यक्रमहरु ल्याइयोस् ।

८. बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु कोभिड–१९ को उच्च जोखिमका बाबजुत आफ्नो कर्तव्य पालना गरिरहेको अवस्थामा कर्मचारीहरुको मनोबल गिराउने कार्यहरु ९जस्तैः सेवासुविधा कटौती, बिदा कटौती आदि कार्यहरु० सम्बन्धित संस्थाको व्यवस्थापनबाट गर्न बन्द गरियोस् ।

९. वर्तमान परिस्थितिको कारण बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय क्षेत्रमा निकट भविष्यमा पर्नसक्ने गम्भीर प्रभावहरुलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन सुधारका प्याकेज ल्याइयोस् ।

Nabintech