११ माघ २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर २ मा समुदाय स्तरबाट क्वारेन्टाईन व्यवस्थापन


कोहलपुर/ कोहलपुर २ को लक्ष्मी माध्यामिक बिद्यालयमा रहेको क्वारेन्टाईनलाई सामुदायिक स्तरबाट व्यवस्थापन गरिएको छ ।

कोहलपुर नगरपालिकाले वडा स्तरमा क्वारेन्टाईन बनाउने निर्णय गरे संगै स्थापना भएको क्वारेन्टाईनमा खाना नास्ता लगायत अन्य व्यवस्थापनको काम समुदाय स्तरबाट गर्न सुरु गरिएको कोहलपुर नगरपालिका वडा नं २ का अध्यक्ष कर्ण सिह बिसीले जानकारी
दिए ।

उनले समाजका अगुवाहरुको सम्लग्नतामा खाजा नास्ता र खाना व्यवस्थापन गरिएको जानकारी दिए । उनले व्यक्तिगत तवर बाट चामल दाल तरकारी संकलन गरि मेस सञ्चालन गरिएको जानकारी दिए ।

लक्ष्मी माध्यामिक बिद्यालयका प्रध्यानाध्यापक बद्रि नाथ सापकोटाले कोहलपुर नगरपालिका तर्फ बाट झुल र म्याट दिईएको जानकारी दिदै थप व्यवस्थान समुदाय स्तरबाट गरिएको जानकारी दिए । उनले बिहानको खाजका लागि कोहलपुर २ का वडा अध्यक्ष कर्ण सिह बिसी , बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रेम पुलामी, नेकपाका नेतृ बसन्ती अधिकारी , नेकपाका युवा नेता कुष्माकर बस्याल लगायतले सहयोग गरेको जानकारी दिए ।

उनले बिहानको खाजामा अण्डा , चना , चाउचाउ , दुध लागतयका खाने कुरा खुवाईएको जानकारी दिए ।

खान खुवाउन हरियो तरकारी कृषि धारको पढाई हुने लक्ष्मी माध्यामीक बिद्यालयको तर्फबाट गरिएको प्रअ सापकोटाले जानकारी दिए । बिद्यालय आफैले तरकारी उत्पादन गरेको छ ।

१० गते सो स्थानमा आईपुगेका उनिहरुले पहिले घर बाट खाना ल्याएर खुवाउने गरेकोमा १३ गते साँझ देखि समुदाय स्तरबाट खान खुवाउन सुरु गरेको प्रअ सापकोटाले जानकारी दिए ।

बिद्यालयल व्यवस्थापन समितिका अध्यक्ष प्रेम पुलामीले बिदेशमा रोजगार गुमाएर आएकाहरु क्वारेन्टाईनमा वसेकाले उनिहरुले सहयोग संकलन गरेर भएपनि समुदाय स्तरबाट व्यवस्थापन गरिने प्रतिबद्धता जनाए ।  अध्यक्ष पुलामीले क्वारेन्टाईनमा सबेकाहरुको छिटो भन्दा छिटो पिसीआर जाँच गर्न पहल गर्न समेत माग गरे ।

अध्यक्ष पुलामीले संकटका समयमा सम्पुर्ण बिद्यालय परिवार क्वारेन्टाईनमा वसेकोहरुको व्यवस्थापनमा जुटेको बताए । सुरुमा कोहलपुर नगरपालिकाले क्वारेन्टाईन बनाउने कार्यको बिरोध गरेको भएपनि हाल समुदाय स्तर बाटै क्वारेन्टाईन व्यवस्थापनमा जुटन निकै खुशिको कुरा भएको कोहलपुर २ कि स्थानिय वासिन्दा समेत रहेकी बसन्ती अधिकारीले जानकारी दिईन ।

क्वारेन्टाईनको अवस्था बारेमा आफु दैनिक रुपमा क्वारेन्टाईन्मा पुगेर जानकारी लिने गरेको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले बताए । उनले क्वारेन्टाईनमा सुबिधा युक्त प्रयास जारी रखेको र पिसीआर चेकका लागि सम्वन्धीत निकायमा पहल भई रहेको नयाँ कोर्सलाई जानकारी दिए ।

वडा अध्यक्ष बिसी , बिद्यालयका प्रअ सापकोटा , बिद्यालय व्यवस्थापन समितका अध्यक्ष पुलामी लागत वडपालिका र बिद्यालयको समुर्ण टिम २४ सै घन्टा खटिएको छ । क्वारेन्टाईनमा वसेकाहरुको दैनिक स्वाथ्य जाँच समेत गर्ने गरिएको छ ।

Nabintech